संघका अध्यक्ष गुरुङले मलेसिया २५–३० म्यानपावरले कामदार पठाउँदा केही फरक नपर्ने भन्दै सिण्डिकेटको संकेत गरे
काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङले मलेसिया २५–३० वटा मात्र म्यानपावरले कामदार पठाउँदा केही फरक नपर्ने बताएका छन् ।

हिजो राजधानीमा मलेसियाको सिण्डिकेटका विषयमा सरोकारवाला निकाय, टे«ड युनियन र म्यानपावर व्यवसायीबीच भएको छलफलमा अध्यक्ष गुरुङले मलेसिया जसरी भएपनि कामदार पठाउने हो । २५–३० वटा म्यानपावरले मात्र कामदार पठाएपनि केही समस्या र फरक नपर्ने छलफलमा आफनो धारणा राखेको छलफल सहभागिहरुले बताएका छन् ।
गुरुङले संघको अध्यक्ष भएपछि मलेसिया रोजगारीमा जाने कामदारका हकमा सिण्डिकेट कुनैपनि हालतमा लाग्न नदिने भन्दै विरोध गदै आएका छन् । दुई महिनाअघि गुरुङले सिण्डिकेटको विरोधमा व्यवसायीको भेला समेत गराएर सिण्डिकेटका विरोधमा बोलेका थिए ।
![]() |
![]() |
![]() |
|---|
सुरक्षीत आप्रवासनका लागि राष्ट्र सञ्जालका राष्ट्रिय संयोजक अशोक रानाका अनुसार वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङले मलेसिया जाने कामदारका हकमा सिण्डिकेट सम्भव नभएको र यादि त्यस्तै परिस्थीति केही म्यानपावरले मलेसिया कामदार पठाउँदा केही फरक नपर्ने धारण राख्नुभयो । उहाँले मलेसियाको सिण्डिकेटका बारेमा बोल्दै त्यहाँ जाने कामदारमाथि सिण्डिकेट मान्य नहुने तर सिण्डिकेटको संकेत गदै आफनो भनाइ राख्नु भएको रानाले छलफलका बारेमा जानकारी गराए ।
मलेसिया जाने कामदारमाथि स्वास्थ्य सिण्डिकेटका कारण ५ वर्षयता समस्या देखाए पर्दा त्यहाँको रोजगारी गुमेको स्यंम व्यवसायीहरुले बताउँदै आएका छन् ।
रोजगारदाता देशमा लगाइने र लगाइएको सिण्डिकेट सरकार, कामदार, म्यानपावर र अर्थतन्त्रका लागि राम्रो होइन । यसले वैदेशिक रोजगारीममा जाने कामदार र यो क्षेत्रलाई नकारात्मक प्रभाव पर्ने उनले बताए । ‘सिण्डिकेटकै कारण बंगलादेशबाट वैदेशिक रोजगारीमा जाने कामदारले ठुलो आर्थिक भार ब्येहोर्नु परेको छ । यस्तो अवस्था नेपालमा पनि आउनसक्छ । सिण्डिकेटले समग्र क्षेत्रमा विकृति भित्रयाउँछ । सिण्डिकेटका कारण भविष्यमा वैदेशिक रोजगारीमा समस्या देखापर्छ ।’ उनले भने ।
Image Source: © https://mulpatra.com
सरकारले श्रम सम्झिौत गर्दा अथवा नवीकरण गर्दा होस सरोकारवाला निकाय, रोजगारदाता देशको सम्बन्धीत पक्ष, सरकार र कामदारका प्रतिनिधि समेत राख्नुपर्ने उनको माग छ ।
श्रम सम्झौता गर्दा बहुपक्षीय छलफल हुँदा कामदारका समस्या, उनीहरुले भाग्नु परेका नीतिगत विषय समेटिन सक्ने उनको बुझाइ छ । यस विषयमा बुझन पटक–पटक फोन गर्दा गुरुङले केही प्रतिक्रिया दिएनन् ।
मलेसियासँग श्रम सम्झौता नवीकरण गर्दा नै मलेसियाको रोजगारीमा सिण्डिकेट भित्र्याउने गरी कैलाश खड्का, म्यानपावर व्यवसायीहरु हेम गुरुङ, रविन गुरुङ, वाइवी राई, व्यवसायी दीपक मलहोत्रा र परराष्ट्र आरजु राणाका भाइ भुषण राणाले बंगली नागरिक अमिनमार्फत लविङ गरिरहेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
यी कर्मचारीका अनुसार मलेसियासँग श्रम सम्झौता नवीकरण गर्दा कम्तिमा ६१ वटा म्यानपावरले मात्र कामदार पठाउने गरि नीतिगत निर्णय गराउन लविङ भइरहेको छ । यसका लागि बंगली नागरिक अमिनले मलेसियामा लविङ गरिरहेको उनले जानकारी दिए ।
मलेसियाको सिण्डिकेडमा संलग्न हुने म्यानपावरले ७ देखि १० करोड खड्कामार्फत अमिनलाई बुझाउने पर्ने र तीनै म्यानपावरले मात्र मलेसिया कामदार पठाउन पाउने गरी सिस्टम बनाउन अमिनमार्फत खड्का लागि परेका छन् । हाल ६१ वटा म्यानपावरको नाम खड्कामार्फत अमिनको हातमा पुगेको खड्कानिटक एक व्यवसायीले जानकारी दिए ।
२०७२ सालमा बंगलादेशी नागरिक अमिन र नेपाली एजेन्ट कैलाश खड्का मिलेर नेपालमा स्वास्थ्यको सिण्डिकेट भित्र्याएका थिए । अहिले यीनै अमिनको सहयोग लिएर खड्काले मलेसिया रोजगारीमा जाने कामदारका हकमा सिमित म्यानपावरले मात्र पठाउने गरी सिण्डिकेट खडा गर्ने प्रयासमा छन् ।
मलेसिया रोजगारीमा जाने कामदारमाथि अनावश्यक आर्थिक भार थपेको भन्दै २०७५ मा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ३६ मेडिकल संस्था खारेजी गर्ने निर्णय गरेका थिए ।
त्यतिबेला विष्टले मलेसिया जाने कामदारमारमाथि अनावश्यक सिन्डिकेट लगाएर आर्थिक शोषण गरेको आरोपमा महासंघका अध्यक्ष कैलाश खड्कासहित ३६ मेडिकल व्यवसायीलाई कारबाहीको सिफारिससमेत गरेका थिए । केही व्यवसायी पक्राउ परे भने खड्का राजनीतिक शक्तिको आडमा भागेर जोगिए ।
मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्न खोजिएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गत आन्दोलनमा उत्रिएको थियो । केही सिमित म्यानपावर व्यवसायीहरूले मलेसियामा रोजगारीका लागि कामदार पठाउन सिण्डिकेट लगाउन खोजेको भन्दै संघले हस्ताक्षर अभियान नै चलाएको थियो । तर अहिले संघले यस विषयमा चासो नदिएको कतिपय व्यवसायीहरुले आरोप लगाउन थालेका छन् ।



