आत्मनिर्भरताको बाटोमा धान उत्पादन, तर सरकारसँग छैन योजना

आत्मनिर्भरताको बाटोमा धान उत्पादन, तर सरकारसँग छैन योजना
  • १५ असार २०८२, आईतवार ११:१९

काठमाडौं– असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो । यस दिनलाई मानो खाएर मुरी उत्पादन गर्ने दिनका रुपमा लिइन्छ । असार १५ वा धान दिवस एक उत्सवका रुपमा रहेको छ ।

mulpatra

नेपालका किसान संघ–संगठनहरुले यसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् । १५ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि त यस दिनले थप चर्चा–परिचर्चा पाउने गरेको छ ।

नेपालको मुख्य खाद्य वाली धान नेपालको इतिहास, यहाँको सभ्यता र संस्कृतिसँग गाँसिनुका साथै जीवनयापनको अभिन्न अंग रहेकाले हुनपर्छ ।

पछिल्ला केही वर्षमा देखिएझै असार १५मा अझ विकृति र विसंगति भित्रने, यो उल्लास र संघर्षको दिन भन्दा पनि एक काण्डको दिन बन्ने र हाम्रो बहश कृषि क्षेत्र, किसान, धान संस्कृतिबाट विमुख हुनेमा कुनै शंका छैन ।

सरकारको यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनता स् खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ । खाद्य सुरक्षाको लागि धानको उत्पादन वृद्धि गर्न यस्तो नारा तय गरिएको हो ।

कृषि विभागले २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा यही असार १५ गते जलवायु अनुकूलित प्रविधिको अनुसन्धान तथा धानको उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

विभागका महानिर्देशक प्रकाश सञ्जेलले कृषक र अन्य सम्बद्ध पक्षलाई धान उत्पादन एवं उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउने योजना रहेको जानकारी दिए । उनका अनुसार देशको आर्थिक विकास, समाजिक, सांस्कृतिक र धार्मिक परम्परामा समेत प्रयोग गरिने धान प्रमुख खाद्यान्न बाली हो । औसत नेपालीको जीवन निर्वाह गर्ने अन्नका रूपमा लिइन्छ ।

खुमलटारमा रोपाइँ, कृषकलाई सम्मान, रैथाने बालीको संरक्षण, प्रविधिको प्रचारप्रसार, जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असर न्यूनीकरणका लागि विज्ञसँग अन्तक्र्रिया कार्यक्रमको तयारी गरेको हो ।

सरकारले धान उत्पादनमा आत्मानिर्भरताका लागि प्रयास गरिरहेको बताउँदै आएको छ । हाल नेपाली बजारमा ६७ लाख मेट्रिक टनमा धान आवश्यक छ । तर नेपालमा औषतमा ५७ लाख मात्र धान उत्पादन भइरहेको छ । हालको माग धान्न ११ लाख मेट्रिक टन धान आवश्यक रहेको विभागका महानिर्देशक सञ्जेल बताउँछन् । आगामी पाँच वर्षभित्र नेपाल पुर्ण रुपमा धानमा आत्मानिर्भर हुने उनको दाबी छ ।

धान उत्पादकाे अवस्था

चालु आर्थिक वर्ष २०८१/८२ मा गत आवभन्दा ४.०४ प्रतिशतले धान उत्पादन बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार चालु आव धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ टन हुने प्रारम्भिक अनुमानले देखाएको छ । गत आव धानको कुल उत्पादन ५७ लाख २४ हजार २ सय ३४ टन थियो ।

गत आर्थिक वर्ष वर्षे धान ५२ लाख ३ हजार ४ सय २६ टन उत्पादन भएकोमा यो वर्ष ५४ लाख ११ हजार ८३ टन पुगेको छ । यस्तै चैते धान ५ लाख २० हजार ८ सय ८ टन उत्पादन भएको थियो भने यो आवमा ५ लाख ४४ हजार ३ सय ९३ टन उत्पादन भएको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ मा गत आवभन्दा ४.०४ प्रतिशतले धान उत्पादन बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्ष (आव) २०८०÷८१ मा धानको उत्पादन ४.३३ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष देशभर ५७ लाख २४ हजार २३४ मेक्ट्रिक टन धान उत्पादन भएको छ ।

यो पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशत र गत आव २०७९/८० को तुलनामा ४.३३ प्रतिशत धेरै भएको समेत मन्त्रालयले जनाएको छ । गत वर्ष देशभर कुल ५४ लाख ८६ हजार ४७२ मेक्ट्रिक टन धान उत्पादन भएको थियो ।

धानको उत्पति र खेतीको अभ्यास

धानको उत्पति र खेतिको पहिलो अभ्यासको वास्तविक समयबारे एकिन नभए पनि एशियामै मानव सभ्यता र खेतिपातिको विकासक्रम धान खेतिसँग जोडिएको छ ।
एशियाको निधिका रुपमा रहेको धानको नेपाल र भारतमा आर्यन सभ्यताको विकास भएकै समयमा खेति गरिएको इतिहास पाइन्छ । यसका साथै पूर्वि एशियामा पनि धान आजभन्दा करीव ३ हजार बर्षअघि नै खेति गरिएको इतिहास छ ।

धान खेतिको प्रारम्भ लगभग ६ हजार बर्षअघि एशियाको हिन्दकुश हिमालयको फेदमा भएको मानिन्छ । धान खेती एशियामा खेती प्रणालीसँगै भित्रेको दिगो बाली हो । त्यसैले एशियाली सभ्यता धानको खेतिको सुरुवात्सँगै अगाडि बढेको पाइन्छ ।

किसान अधिकार र खाद्य अधिकार वीना आधारभुत मानव अधिकार , आर्थिक तथा सामाजिक सांस्कृतिक अधिकार, महिला अधिकार तथा ग्रामीण जनसमुदायको अधिकार संरक्षण नहुने भएकोले यस दिनलाई मनाइरहदा किसानको अधिकार प्राप्त गर्ने संघर्षको रुपमा समेत यसलाई लिन आवश्यक छ ।

विश्वभरिको खेतीयोग्य जमीनमध्ये करीब १४ करोड ६० लाख हेक्टर भूमिमा धान खेती गरिन्छ । जसमध्ये १० प्रतिशत जमिन अत्यन्त उर्वर रहेको छ । धान सम्वन्धी अध्ययनका अनुसार संसारभरमा गत बर्ष करीव ५३ करोड ५० लाख टन धान वार्षिक रुपमा उत्पादन भएको तथ्यांक प्रस्तुत गरिएको छ । संसारको कूल धान उत्पादनको ९१ प्रतिशत हिस्सा एशियामा मात्र उत्पादन हुने गर्छ ।

यसलाई अझै बढी विश्लेषण गरेर हेर्ने हो भने यस मध्येको ५५ प्रतिशत धानको उत्पादन चीन र भारतका किसानहरुले मात्र गर्दछन् । एशिया बाहेक क्युवा, अमेरिका, अफ्रिका र यूरोपका विभिन्न देशमा पनि धान खेति गरिन्छ । यो एशियाको मुख्य बाली हो ।

एशिया धानको भण्डार हो । भारत, थाइल्याण्ड र भियतनाम प्रमुख निर्यातकर्ता हुन् भने चीन, नाइजेरिया, मेक्सिको, हाइटि आयात गर्ने राष्ट्र हुन् । एशिया बाहिर जम्मा उत्पादनको ९ प्रतिशत मात्र उत्पादन गरिन्छ । अफ्रिकाका म्याडागास्कर तथा सहारा आसपासको क्षेत्रमा पनि मुख्य खाद्य वाली धान हो ।

उत्पादकत्वका हिसावले प्रतिहेक्टर जमिन ३.७७ टन उत्पादन गरिन्छ भने सन् २०१४ को तथ्याङ्कमा त्यस बर्षका २ धान भित्राउने समयमा गरी जम्मा ४७ करोड मेट्रिक टन धान उत्पादन भएको थियो ।