Close

Recent Posts

मध्यपूर्व संकटले विश्व अर्थतन्त्र कोभिडयताकै सुस्त, विकासोन्मुख देशलाई ६० अर्ब डलरको प्याकेज

मध्यपूर्व संकटले विश्व अर्थतन्त्र कोभिडयताकै सुस्त, विकासोन्मुख देशलाई ६० अर्ब डलरको प्याकेज
  • २९ जेष्ठ २०८३, शुक्रबार २०:५७

काठमाडौं– मध्यपूर्वमा जारी तनावका कारण विश्वव्यापी आर्थिक वृद्धिदर कोरोना महामारी (कोभिड–१९) यताकै सबैभन्दा सुस्त विन्दुमा झर्ने चेतावनी विश्व बैंकले दिएको छ ।

mulpatra

बैंकले बिहीबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदन अनुसार ऊर्जाको मूल्यमा भएको वृद्धि, आकासिँदो महँगी र बढ्दो ब्याजदरका कारण सन् २०२६ मा विश्वको आर्थिक वृद्धिदर खुम्चिएर मात्र २.५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

यसअघि गत जनवरीमा विश्व बैंकले यो वृद्धिदर २.९ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । अमेरिका र इरानबीचको कमजोर युद्धविराम पटक–पटक संकटमा पर्दा मध्यपूर्वको तनाव पुनः भड्किने खतरा बढेको प्रतिवेदनमा उल्लेख छ ।

mulpatra mulpatra mulpatra

अमेरिका र इजरायलको सैन्य कदमको जवाफमा इरानले तेल र ग्यास आपूर्तिको रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरिदिएपछि विश्वको ऊर्जा र समग्र आपूर्ति शृङ्खला गम्भीर दबाबमा परेको छ । यदि यो अवरोध अझै लम्बिएमा विश्व अर्थव्यवस्था थप संकटमा धकेलिने चेतावनी दिइएको छ ।

विश्व बैंकका अनुसार यो वर्ष अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड (कच्चा तेल) को मूल्य औसत ९४ डलर प्रतिब्यारेल पुग्ने अनुमान छ, जुन गत वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो ।

इन्धनसँगै यो वर्ष रासायनिक मलको मूल्यमा पनि भारी वृद्धि हुने देखिएको छ, जसको सीधा असर खाद्यान्नको मूल्यमा पर्नेछ । यो रणनीतिक जलमार्ग बन्द हुँदा विश्वव्यापी मुद्रास्फीति (महँगी) गत वर्षको ३.३ प्रतिशतबाट बढेर यो वर्ष ४ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

Image Source: © https://mulpatra.com

यदि इन्धन आपूर्तिमा अवरोध अझै बढ्दै गएमा विश्वको आर्थिक वृद्धिदर खस्केर १.३ प्रतिशतको दयनीय अवस्थामा पुग्न सक्छ भने महँगी ४.४ प्रतिशतसम्म उक्लिन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

विकासोन्मुख देशहरू सबैभन्दा बढी जोखिममा

विश्व बैंकले जनवरी महिनायता संसारका दुई तिहाई देशहरूको आर्थिक वृद्धिदरको प्रक्षेपणलाई घटाएको छ, जसमा विकासोन्मुख र गरिब राष्ट्रहरू अग्रपंक्तिमा छन् ।

चीन र भारतलाई बाहेक गर्ने हो भने, बितेको एक दशकमा धनी देश र विकासोन्मुख देशहरूबीचको प्रतिव्यक्ति आम्दानीको खाडल पुरिन नसकेको प्रतिवेदनले औंल्याएको छ ।

सन् २०२७ मा विश्व आर्थिक वृद्धिदर केही सुधारिएर २.८ प्रतिशत पुग्ने अनुमान गरिए पनि यो सन् २०१० को दशकको औसत वृद्धिदर भन्दा अझै कम नै हुनेछ ।

विश्व बैंक समूहका अध्यक्ष अजय बंगाले विकासोन्मुख देशहरूले विगत एक दशकदेखि अनेकौं चुनौतीहरू सामना गरिरहेको बताएका छन् ।

बंगाले भनेका छन्, ‘असर देश अनुसार फरक होला, तर मुख्य परीक्षा एउटै हो । भोलिको आर्थिक वृद्धि र रोजगारीलाई नगुमाई आजका जनतालाई जोगाउनु र स्थायित्व कायम राख्नु हो ।’

मध्यपूर्वको यो द्वन्द्वबाट सिर्जित आर्थिक संकट झेल्न विकासोन्मुख देशहरूलाई सहयोग गर्न विश्व बैंकले ६० अर्ब अमेरिकी डलरको कोष सुरक्षित राखेको घोषणा गरेको छ ।

यदि यो तनाव र संकट अझै लम्बिएमा उक्त सहयोग राशिलाई बढाएर १०० अर्ब डलरसम्म पु¥याउन सकिने बैंकले प्रतिबद्धता जनाएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com