सेना र प्रधानमन्त्रीबारे संसदमा फेरि कुरा उठ्यो

सेना र प्रधानमन्त्रीबारे संसदमा फेरि कुरा उठ्यो
  • २९ जेष्ठ २०८३, शुक्रबार १९:२१

काठमाडौं– आज बसेको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली सेनाको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन् ।

mulpatra

उनले आकस्मिक सम्बोधनका क्रममा आजै बिहान नवलपरासीको सुस्तामा हतियारसहित भारतीय सीमा सुरक्षा बलको टोली छिरेको विषयमा कुरा उठाए । प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको छ भनेको आज ११ औँ दिन हो ।हर्कको भनाइ रह्यो–यदि प्रधानमन्त्री संसद्मा आउन नसक्ने हो भने नेपाल सरकारको रक्षामन्त्री को हो,उहाँलाई सभामुख डिपी अर्यालले यहाँ बोलाइदिनुपर्यो ।

सुस्तामा भारतीय एसएसबीको सीमा बल आएर नेपाली दाजुभाइलाई हप्कीदप्की गरिरहेको दृश्य अहिले मात्रै हामीले हेरेका छौँ । त्यहाँ नेपाली निहत्था दाजुभाइहरू आफ्नो भूमि जोगाउनका लागि भर्खरै पनि लड्दै छन् ।

mulpatra mulpatra mulpatra

प्रधानमन्त्री त संसद्मा आउँदै आएनन् अब सभामुखले रक्षामन्त्रीलाई भए पनि खोजेर ल्याइदिनुपर्छ नेपाली सेनाले सिमाना रक्षाका लागि जानै नहुने के कसम खाएर बसेको रहेछ ? नेपाल सरकारले सेनालाई सिमानामा पठाउनै नहुने के करार गराएको रहेछ ?

प्रधानमन्त्री त संसद्मा आउँदै आएनन् अब सभामुखले रक्षामन्त्रीलाई भए पनि खोजेर ल्याइदिनुपर्छ नेपाली सेनाले सिमाना रक्षाका लागि जानै नहुने के कसम खाएर बसेको रहेछ ? नेपाल सरकारले सेनालाई सिमानामा पठाउनै नहुने के करार गराएको रहेछ ? सिमानामा नेपाली सेनालाई लान नहुने कारण के रहेछ ? कहाँ के सन्धि गरिएको रहेछ ? दरबार हत्याकाण्डको छानबिन हुन्छ भनेर गृहमन्त्री सुधन गुरुङले भनिसकेकाले अब सबै कुराको छानबिन हुनुपर्छ ।

जोसुकै पनि दोषी पाइएको हदसम्म यो वा त्यो नभनी अनुहार नहेरी,नाम पनि नसुनी कारबाही हुनुपर्छ–हर्कले भनेका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com