Close

Recent Posts

कम्युनिस्ट जोहरान मेयर बने न्युयोर्कको ‘फन्ड’ रोक्ने ट्रम्पको चेतावनी

कम्युनिस्ट जोहरान मेयर बने न्युयोर्कको ‘फन्ड’ रोक्ने ट्रम्पको चेतावनी
  • १७ असार २०८२, मंगलवार १०:३२

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको मेयरमा जोहरान ममदानीले जितेको खण्डमा सरकारको अनुदान रोक्ने चेतावनी दिएका छन् । डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका जोहरानले प्रारम्भिक चरणमा जित निकालेका छन् ।

mulpatra

ट्रम्पमात्र होइन उनको रिपब्लिकन पार्टीले जोहरान कम्युनिस्ट र यहुदीविरोधी भएकाले उनी न्युयोर्कको मेयर हुनु अमेरिकाको लागि दुर्भाग्य हुने बताएको छ । रिपब्लिकन सांसद एन्डी ओगल्सले जोहरानलाई ‘लिटिल महमूद’ भदै उनको नागरिकता खारेज गर्न माग गरेका छन् ।

ओगल्सले भने– जोहरान ममदानी यहुदी विरोधी,समाजवादी र कम्युनिस्ट हुन् । उनले सर्वोत्कृष्ट सहर न्युयोर्कलाई बर्बाद गर्नेछन्,उनलाई उनकै देश (भारत)मा फर्काउनुपर्छ । यसकारण म उनको नागरिकता खारेजको प्रक्रिया थाल्न माग गर्छु ।

mulpatra mulpatra mulpatra

ओगल्सले जोहरानमाथि आतंकवादीलाई समर्थन गरेको आरोप लगाउँदै आप्रवासीहरुलाई अमेरिकमा नरोक्ने हो भने यस्तै जोहरानहरु नेतृत्वमा आउन सक्ने खतरा औंल्याएका छन् ।

रिपव्लिकन पार्टीकै अर्का सांसद नन्सी म्याकले जोहरान मदानीको कुर्ता पाइजामा लगाएको तस्विर शेयर गर्दै सेप्टेम्बर ११ को ट्वीटटावर आक्रमणको प्रसंग ल्याएका छन् ।

उनले भनेका छन्– सेप्टेम्बर ११ पछि हामीले भनेका थियौं, हामी कहिल्यै भुल्ने छैनौं । तर आज मलाई लाग्दैछ कि हामीले भुल्यौं, यो निकै दुःख कुरा हो ।

Image Source: © https://mulpatra.com

सेप्टेम्बर ११ २००१ म भएको आतंकवादी हमलाका बेला जोहरान ९ वर्षका थिए, उनी म्यानहटनमै बस्थे । उक्त हमलामा करिव २८ सय मानिस मारिएका थिए । रिपब्लिकन नेताहरुले २४ वर्षअघि अमेरिकाको सबैभन्दा ठूलो सहरमा इस्लामिक आतंकवादीले हमला गरेको र अहिले त्यहि तरिकाले इस्लामिक र कम्युनिस्टहरु उक्त सहर कब्जा गर्न तयार भएको टिप्पणी गरेका छन् ।

एता जोहरान ममदानीमाथि भइरहेको इस्लामिक फोबिया र कम्युनिस्ट फोबियायुक्त आरोपले डेमाक्रेटिक पार्टीमा पनि तरंग उत्पन्न गरेको छ । हुन त अमेरिकामा यस्तै आरोप बराक ओबामाले पनि खेपेका थिए । उनको महजबलाई लिएर डोनाल्ड ट्रम्पले नै प्रश्न उठाएका थिए । केन्याका बाबुआमाबाट जन्मिएका ओबामा मुस्लिम भएकाले अमेरिकाको राष्ट्रपति बन्न नहुने तर्क ट्रम्पको थियो ।

जोहरान भारतीय बाबु आमाबाट जन्मिएका अमेरिकी नागरिक हुन् । उनकी आमा फिल्ममेकर मीरा नायर हुन् भने बुबा कोलम्बिया विश्वविद्यालयका चर्चित प्राध्यापक हुन् ।

न्युयोर्क एसेम्बलीका सदस्य रहेका जोहरान मेयरको दौडमा अगाडि छन् । उनी डेमोक्रेटिक पार्टीभित्रको प्रतिस्पर्धाबाट अगाडि बढेका हुन् । भारतको केरल राज्यस्थित थिरुवनन्तपुरमकी २१ वर्षमै मेयर भएकी आर्या राजेन्द्रनको समाचार शेयर गर्दै न्युयोर्कलाई यस्तै मेयर चाहिएको भनेका थिए ।

आर्याले केरलाको भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) बाट थिरुवनन्तपुरमकी मेयर पदमा विजय प्राप्त गरेकी थिइन्। उक्त पोस्ट सेयर गर्दै जोरामले लेखेका थिए– ‘त्यसैले अब न्यूयोर्कलाई कस्तो खालको मेयर चाहिन्छ ?’

भारतीय कम्युनिस्टहरुले जोहरमलाई अग्रिम बधाइ दिइरहेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका नीतिको भने कडा आलोचक हुन् ।