Close

Recent Posts

एमसीसी अन्तर्गतका परियोजनालाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

एमसीसी अन्तर्गतका परियोजनालाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
  • १८ असार २०८२, बुधबार १९:४७

काठमाडों– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने भएको छ ।

mulpatra

अमेरिकी सरकारले वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपालले बुधबार एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

एमसिए–नेपालले २९७ किमि विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न मिलेनियम च्यालेञ्च कर्पोरेशन (एमसीसी) सँग निकटतापूर्वक काम गरिरहेको छ ।

एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेशन एवं १८ किमि सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको छ ।

‘एमसिए–नेपाल नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध छ र यस कम्प्याक्ट कार्यान्वयनका लागि एमसीसीको निरन्तर साझेदारीका लागि हार्दिक आभार प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।