Close

Recent Posts

बरहथवा नगरपालिकाले सुरु गर्यो विशेषज्ञ चिकित्सक सहितको उपचार सेवा

बरहथवा नगरपालिकाले सुरु गर्यो विशेषज्ञ चिकित्सक सहितको उपचार सेवा
  • १८ असार २०८२, बुधबार २१:१४

सर्लाही । ‘कृषि क्रान्ति सहित सुन्दर,शान्त र सफा बरहथवाको परिकल्पना हामी सबैको चाहना’ नारा बोकेर काम गरिरहेको सर्लाहीको बरहथवा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विशेष काम गर्ने गरि विशेषज्ञ चिकित्सक सहितको उपचार सेवा सन्चालनमा ल्याएको छ । सर्लाही जिल्लाकै सबैभन्दा धेरै १८ वटा वडा भएको नगरपालिकाले बरहथवा नगर अस्पतालमा गाइनोकोलोजी डाक्टर सहित ११ जनालाई पदपुर्ती गरेको छ ।

mulpatra

स्वास्थ्यमा विशेष महत्व दिँदै “आधारभूत स्वास्थ्य नगरबासीको मौलिक अधिकार, विशेषज्ञ सेवा सहितको उपचार” लाई नीतिमा समेटेर काम गरिरहेको र त्यसलाई अझ व्यवस्थित गर्ने स्वास्थ्य शाखाका प्रमुख सत्य नरायण यादवले बताएका छन् । उनले सबै वडामा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरिसकेको र भरखरै विशेषज्ञ डाक्टरहरु समेत नियुक्ति गरिसकेकोले अब विशिष्ट बाहेक स्वास्थ्य उपचारका लागि बरहथवाका जनता बाहिर जानु नपर्ने समेत बताएका छन् ।

बरहथवा ६ अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरअस्पतालका रुपमा विकास गरिएको र त्यसमा सुविधा सम्पन्न शल्यक्रिया (सीएस), भिडियो एक्सरे, ल्याव, ब्लडबैंक, आइ.सी.यु. सहितको अत्याधुनिक सुविधा सम्पन्न प्रसुति गृह निर्माण गर्ने लक्ष्य लिएको भन्दै नगरप्रमुख कटवालले भनिन् ‘हामिले नेपाल सरकारबाट तोकिएको निःशुल्क औषधि सबैमाझ सर्वसुलव रुपमा पुर्याउन र नगरपालिकामा आयुर्वेद उपचारलाई समेत सँगसँगै लैजान आयुर्वेद केन्द्र स्थापनामा समेत बजेट व्यवस्थापन गरेका छौं । स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुन प्रोत्साहन र गरिब विपन्न महिलाहरुको सुत्केरीका लागि विशेष प्रोत्साहन कार्यक्रम साथै सुत्केरी र बालबालिका पोषण कार्यक्रम समेत सन्चालन गरिरहेको छ ।’

बरहथवाका जनताको लागि मात्र होइन बरहथवाका पशुहरुको सुरक्षाका लागि पनि स्वास्थ्य कार्यक्रम लागु गरेर उदाहरणीय काम गर्न सफल भएको छ । नगरक्षेत्र भित्र रहेका पशु फर्मको विकासमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको नगरपालिकाले पशुमा लाग्ने रोगहरुको रोकथामका लागि पशु स्वास्थ्य शिविर, पशुमेला कार्यक्रम समेत गर्दै आएको र त्यसलाई आगामी आर्थिक बर्षमा समेत निरन्तरता दिने भएको पशु शाखा प्रमुख रामईश्वर रायले बताएका छन् ।

देशभर सातसय त्रिपन्न स्थानीय तह मध्ये दुईसय छयत्तर नगरपालिका रहेका छन् । जसमध्ये तेह््र जना मात्र महिला मेयर निर्वाचित भएकोमा वरहथवा नगरपालिकाको मेयरको रुपमा कल्पना कटवाल निर्वाचित भएकी हुन् । उनै कल्पना बरहथवाको विकासका लागि पहिलो प्राथमिकतामा स्वास्थ्य र शिक्षालाई राखेर अघि बढेको महसुस स्थानीयले गर्न थालेका छन् ।