पहिलोपटक चामलको नुडल्स, चाउमिन र थुक्पा उत्पादन भित्र्याउने नेउपाने जोडी (भिडियोसहित)

काठमाडौं– नवलपरासीका राजन न्याउपाने रोजगारीका लागि ८ वर्षअघि थाइल्याण्ड पुगेका थिए । उनले थाइल्याण्डमा ८ वर्ष कपडा उद्योग र चामलको थुक्पा, चाउमिन र नुडल्स उत्पादन गदै आएको कम्पनीमा काम गरेर स्वदेश फर्किए ।
व्यवसायमा संलग्न रहेकी न्याउपानेकी श्रीमति मनकुमारी मेनुका न्याउपाने र उनका श्रीमान राजन स्वदेश फर्किएपछि स्वस्थकर र स्थानीय कच्चा पदार्थमा आधारित खाद्य उत्पादन सुरु गर्ने निधो गरे ।
थाइल्याण्डमा चामलबाट बनेका नुडल्स अत्यन्तै लोकप्रिय छन् । हामीले त्यही सीप र अनुभवलाई नेपालमा उतार्ने प्रयास गरेको न्याउपानेले ‘मूलपत्रको सम्भव छ’ कार्यक्रमसँग बताएका छन् ।
विदेशमा बसेर घर फर्केका धेरै नेपाली कामको खोजीमा अलमलिन्छन्, तर न्याउपाने जोडीले फरक बाटो रोजे । थाइल्याण्डको अनुभव लिएर फर्किएका उनीहरूले नेपालमै चामलको नुडल्स, चाउमिन र थुक्पा उत्पादन गर्न थालेका छन् । अहिले उनीहरु यही पेसामा रमाउन समेत थालेका छन् । भने भविष्य समेत देखेका छन् ।
स्वदेशमै केही गर्ने सकिन्छ भन्ने उनीहरु उदाहरणका पात्र समेत हुन् । ६ महिनाअघि १५ लाखभन्दा बढी लगानी गरेर काठमाडौं कलंकीको स्युचाटर कम्पनी खोलेर उत्पादन सुरु गरेका हुन् ।
चामलको नुडल्स्, चाउमिन र थुक्पा उत्पादन एक उद्यमशील र स्वास्थ्यमुखी प्रयास भएको न्याउपानेले बताए । ‘शहरी बजारमा चामलको नुडल्स, चाउमिन र थुक्पाको विस्तारै बढ्दै गएको छ । नेपाली बजारमा यसको माग चाँडै बढ्छ । चामलबाट बनेका नुडल्स् ग्लुटन–फ्री हुने भएकाले धेरै स्वास्थ्य सचेत उपभोक्ताले प्राथमिकता दिन्छन् ।’ उनले भने ।
प्याकेजिङ्ग उत्पादन तयार भएपछि, उपभोक्ताको लागी सुरक्षात्मक र आकर्षक प्याकेजिङ्गमा राखिन्छ । यसका कारण चामलको नुडल्स थुक्पा, चाउमिन र किमा राम्रो हुने न्याउपानेले जानकारी दिए ।
गुणस्तर परीक्षण उत्पादन प्रक्रियाको हरेक चरणमा गुणस्तर नियन्त्रण प्रणाली लागू भएको छ । जसले अन्तिम उत्पादन स्वास्थ्यकर र स्वादिष्ट हुनु सुनिश्चित गर्ने उनको दाबी छ ।
मनकुमारीले दुई जना सन्तानको हेरचाह गदै श्रीमानलाई काम सहयोग गर्दै आएकी छिन् । उनले स्वदेशमै केही गर्न सकिन्छ भनेर श्रीमानलाई हौसाला समेत दिइरहेको मूलपत्रसँग बताइन् । ‘सुखदुख देशमै केही गरौ भनेर श्रीमानले आँट गर्नु भयो । मैले पनि उहाँलाई बल पुग्नेगरी मनोबल बढाउन अहिले चामलको थुक्पा, चाउमिन र नुडल्स बनाउन सहयोग गरिरहेको छु ।’ उनले भनिन । देशमै परिवारसँग बसेर केही गर्ने सकिन्छ । तर महिलाले घर भित्रको मात्र काम गर्छु भनेर बस्नु नहुने उनको तर्क छ ।
न्याउपाने जोडीले वैदेशिक रोजगारीमा जाने कल्पना समेत गरेका छैनन् । उनीहरुले सरकारले कर्जा, बजारीकरण र अन्य सुविधामा सहजीकरणको आस भने गरेका छन् । सरकारले प्रविधिक सहयोग गरे आफनो उत्पादन देशभर फैलाउने र अरुलाई तालिम दिने न्याउपानेको दाबी छ ।