प्रधानमन्त्रीको निर्देशनमा प्रसाईलाई थुनामा पठाउन हात धोएरपछि लागे महान्यायाधिवक्ता बडाल–भिडियोपनि

काठमाडौं–गत १५ चैतमा राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनामा काठमाडौं जिल्ला अदालतले दुई साताअघि दुर्गा प्रसाईंलाई थुनामा पठाउने आदेश गरेको छ ।
मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित सातजनालाई पुर्पक्षमा पठाउने र ३२ जनालाई जमानतमा छाड्ने आदेश गरेको थियो । तर पछिल्लो समयमा प्रसाईलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा महान्यायाधिवक्ता रमेश बडालले हात धोएर लागेको प्रसाईनिटक नेताहरुले आरोप लगाउन थालेका छन् ।
महाअभियानको सचिवालय प्रमुख रमेश कुमार कटुवालका अनुसार प्रसाईलाई जेल हाल्न केपी ओलीको निर्देशनमा महान्यायाधिवक्ता रमेश बडाल लागेको आरोप छ । उनका अनुसार महान्यायाधिवक्ता बडालले कानुनीलाई मिचेर अहिले प्रसाईलाई जेल हाल्न राजनीतिक सहयोग गरिरहेका छन् ।
दुर्गा जीले जनताका आवाज बोलेको राजनीतिक दललाई मन परेको छैन । यसका आधारमा उनलाई सामान्य मुद्धामा जेल पठाउने खोजिएको उनको आरोप छ । ‘प्रसाईलाई जेल हाल्न प्रधानमन्त्री केपी ओली लागेका छन् । यसमा महान्यायाधिवक्ता रमेश बडाल नै लागेका छन् । अहिले प्रसाईलाई हाले आफनो हलीमुली रहने उनीहरुको सोच छ ।’ उनले भने ।
बडालकै निर्देशनमा प्रसाईको बैकिङ कसुरसम्बन्धी मुद्दा फेरी सिआइवी प्रहरीमा फिर्ता पठाएका थिए । प्रहरीले प्रसाईलाई बैकिङ कसुरमा मुद्दा चलाउन आधार नभएको भन्दै अदालतमा फाइल पठाएको थियो । तर बडालले उक्त फाइल प्रहरीले फौसलाजस्तो गर्ने होइन भनेर पुन अनुसन्धानका लागि भनेर फिर्ता पठाउन निर्देशन दिएका थिए । जसका कारण ओलीविरोधी प्रसाई खुसी बनाउन बडालले नै लागि परेको देखिन्छ ।
राजावादी आन्दोलनका नेता तथा अधिवक्ता स्वागत नेपालले क्यान्सर अस्पतालमा उपचार गराउने गरी प्रसाईंलाई पुर्पक्षमा पठाउने आदेश दिएको छ । प्रसाईका बारेमा नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जगमान गुरुङ र कमल थापानै बोलेका छैन । उनीहरुले पनि प्रसाईलाई फसाउन प्रपञ्च गरेको देखिन्छ ।
मिश्र, राणा र प्रसाई दुवैलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराधको समान अभियोगमा मुद्दा चलाइएको छ । तर अदालतले मिश्र र राणालाई तत्कालीन अवस्था हेरी पूर्ण रूपमा निर्दोष ठहर गर्न नमिल्ने भने पनि धरौटीमा छोड्यो र उता प्रसाईका हकमा सोही आधारमा पुर्पक्ष थुनाको आदेश दियो । त्यसका आधारमा अहिले यसमा महान्यायाधिवक्ता बडालको ठुलै हात रहेको सरकारी वकिल कार्यालय वकिलहरुले पनि बताइरहेका छन् ।

कानुनले समान अपराधमा समान व्यवहार गर्ने भनिए पनि व्यवहारमा फरक देखिनु ूव्यक्तिकेन्द्रित कानुनी प्रयोग को संकेत दिन्छ । यो सन्दर्भमा राजनीतिक विश्लेषकहरु भन्छन् — सत्ता साझेदार दलसँग चुनावी गठबन्धन गरेका सत्ता निकट सांसदलाई सहजता र जनदबाब सिर्जना गर्ने अभियान्तालाई कठोरता देखाउनु कानुनको निष्पक्षतामाथि प्रश्न खडा हुन्छ ।
प्रसाई लामो समयदेखि गणतन्त्र, संघीयता र वर्तमान व्यवस्था विरुद्ध सशक्त आवाज उठाउँदै आएका अभियान्ता हुन् । उनको अभिव्यक्ति र प्रभावशाली आन्दोलन शैली सत्ता र सुरक्षा निकायका लागि चुनौती बन्ने गरेको छ । यसै सन्दर्भमा धेरैले उनको थुनालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्न थालेका छन् ।
प्रसाईले राजावादी आन्दोलनलाई उच्च पुराएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापालाई मन परेको थिएन । त्यही कारण उनीहरु चैत १५ गते प्रसाईलाई फसाउन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीको सहयोग चाहान्थे ।
ओलीले पनि प्रसाईलाई कसरी हुन्छ जेल हाल्ने रणनीतिमै थिए । यसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको सहयोग गरे । लिङ्देनकै सहयोगमा ओली तीनकुने घटनामा घुसपेठ गराएका थिए । तीनकुने आन्दोलन दबाउन सरकारले कार्यक्रम सुरु हुनुअघि नै आक्रमण गरेको थियो ।
त्यहाँ भएको तोडफोडमा प्रसाईको कुनै सलंग्नता छैन । तर उनलाई फसाउन लिङ्देनको सहयोगमा अन्य राजावादीहरु छिरेका थिए । उनीहरुले नै त्यहाँ विध्सव मच्चाएको प्रहरीकै रिपोर्टमा भनिएको छ । तीनकुनेमा राजावादीभन्दा पनि राजनीतिक दलका नेता–कार्यकर्ता छिरेर हिंसात्मक आन्दोलन गरेको प्रहरीकै रिपोर्टमा भनिएको छ ।
Image Source:
- durgoli: Mulpatra