Close

Recent Posts

व्यवसाय संघलाई प्रश्न व्यावसायिक विकृति रोक्ने कि दादागिरी देखाउन हुसेन जन्माउने ?

व्यवसाय संघलाई प्रश्न व्यावसायिक विकृति रोक्ने कि दादागिरी देखाउन हुसेन जन्माउने ?
  • २७ असार २०८२, शुक्रबार १७:४७

काठमाडौं– व्यक्तिगत भिसाको नाममा वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउने म्यानपावर कम्पनीहरूमाथि अनेकौं आरोप लागिरहेका बेला, म्यानपावर व्यवसायी संघकै नेतृत्वले गैरकानुनी रुपमा मिडियामाथि आक्रमण सुरु गरेको छ । मूलपत्र मिडियाले संस्थागत लाइसेन्स लिएर व्यक्तिगत भिसामा कामदार पठाएको प्रमाणसहित समाचार प्रकाशन गरेपछि संघसँग आवद्ध केही नेतृत्वकर्ताहरुले यस सञ्चारमाध्याममा अप्रत्यक्ष आक्रमण थालेको छ ।

mulpatra

हालै विभिन्न श्रम गन्तव्य देशहरू — विशेष गरी युएई, कतार, साउदी अरेबिया र मलेसियातर्फ व्यक्तिगत भिसामा पठाइएका नेपाली कामदारहरू ठगिन पुगेको, अलपत्र परेको तथा ठोस सम्झौता विना श्रममा लगाइएको उजुरीहरू वैदेशिक रोजगार विभागमा बढ्दो छन् ।

श्रम क्षेत्रमा क्रियाशील स्रोतका अनुसार, व्यक्तिगत भिसा प्रक्रियामा दलालमार्फत कामदार पठाउने कार्यमा संघको नाम प्रयोग गरेर दबाब दिने, समाचार रोक्न प्रयत्न गर्ने तथा पत्रकारहरूलाई समेत धम्क्याउने कार्य भएको छ । म्यानपावर संघकै केही शीर्ष तहबाट यस्ता गतिविधिमा संलग्नता रहेको पाइएको छ ।

वैदेशिक रोजगार ऐन २०६४ मा कामदार विदेश जानुअघि श्रम स्वीकृति अनिवार्य छ । व्यक्तिगत भिसाको नाममा श्रम स्वीकृति नलिइ पठाउने काम गैरकानुनी हो । तर म्यानपावर कम्पनीले दलालसँग मिलेर पासपोर्ट संकलन गर्ने, रकम असुल्ने, कागजात मिलाउने जस्ता कार्य खुलेआम गरिरहेका छन् । यसरी जाने कामदार कानुनी सुरक्षाबाट वञ्चित हुने र शोषणमा पर्ने जोखिम उच्च रहन्छ ।

श्रम मन्त्रालयमा बढ्दै गएका छन्। यसैबीच संघका कतिपय पदाधिकारी स्वयं यस प्रक्रियामा सक्रिय रहेको प्रमाण बाहिर आएसँगै, व्यवसायी स्वयं आचरणको कठघरामा उभिएका छन् । उनीहरुले सञ्चारमाध्यमलाई तह लगाउन निकै ठुलो बल प्रयोग गर्न खोजेको हामीसँग प्रमाण छ ।
संघका कतिपय पदाधिकारी संलग्न रहेको प्रस्ट देखिँदा पनि संघले आधिकारिक रूपमा न त छानबिन अघि बढाएको छ, न त स्पष्ट धारणा सार्वजनिक गरेको छ । सरकारले पनि न अनुगमन तीव्र बनाएको छ, न त दण्डनीय कार्यवाही थालेको छ ।

श्रम विज्ञहरू भन्छन् — व्यक्तिगत भिसाको नाममा भइरहेको दुरुपयोग रोक्नका लागि श्रम स्वीकृति प्रणाली कडाइका साथ लागू गर्नुपर्छ त्यस्तै, म्यानपावर संघले वैदेशिक रोजगारी क्षेत्रलाई पारदर्शी बनाई, अनुशासन पालना गराउने समयमा सञ्चारमाध्यममाथि आक्रमण गर्ने अराजक व्यक्ति उत्पादन गर्नु कति उचित हो व्यवसायीले मुल्याकंन गर्नुपर्छ ।

– सरकारले तोकेको फ्री भिसा र फ्री टिकट व्यवस्था हुँदाहुँदै पनि म्यानपावर कम्पनीले सेवा शुल्क, टिकट खर्च, इन्सुरेन्स लगायतका समस्यामा सरकारले नै प्रश्न उठाउन थालेका छन् ।

नक्कली अफर लेटर
– विदेशी कम्पनीको नाममा झुटा अफर लेटर देखाएर कामको सुनिश्चितता नदिई पठाइने, पुगेर रोजगारी नपाइ कामदार अलपत्र पर्ने अवस्था देखिएको छ ।

अनधिकृत दलाल मार्फत पठाउने
– कानुनी प्रक्रिया नअपनाई एजेन्ट वा दलालमार्फत कामदार पठाउने, जसले वैधानिक सुरक्षाबाट कामदारहरू वञ्चित हुने गर्छन् । यो विषयमा बारम्बार प्रश्न उठ्दै आएको छ ।

पठाउने नाममा लामो समय अल्झाउने

– सम्पूर्ण कागजात बुझाइसकेपछि पनि काममा पठाइदिने आश्वासन दिई महिनौंसम्म अल्झाउने, पैसा फिर्ता माग्दा धम्की दिने वा सम्पर्कविहीन बनाउने आरोप म्यानपावरमाथि लागेको छ ।

यी समस्या र ठगिको आरोप म्यानपावर व्यवसायीमाथि लाग्दै आएको छ । यस्ता समस्या र चुनौती रोक्नु साटो वैदेशिक रोजगार व्यवसायी संघ अराजक व्यवसायीको प्रयोग गरिरहेको छ ।

हुसेनलाई किन प्रयोग गरियो

तराई वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्षमा अख्तर हुसेनले मूलपत्र मिडियालाई धम्क्याएका छन् । अख्तर हुसेनले वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेश बस्नेतको निर्देशन भन्दै मूलपत्र मिडियाको फेसबुक पेजमा रिपोर्ट गर्ने र डिस्लाइक अभियान चलाएका छन् ।

यति मात्र होइन हुसेनले संघकै ग्रुपमा नै संघका अध्यक्ष गुरुङ र महासचिव बस्नेतलाई मेनसन गरी मूलपत्र मिडियामाथि फल्स रिपोर्ट गर्न आग्रह गरेका छन् । यो तथ्य मूलपत्र मिडियाले प्राप्त गरेको छ ।

उनले अध्यक्ष भुवनसिंह गुरुङ र महेश बस्नेतको समाचार मूलपत्रमा आएको भन्दै यो मिडियाले व्यवसायी संघको कार्यसमितिलाई आक्रमण गरेको भन्दै अभियान नै चलाइए । जसमा एक दर्जन जति व्यवसायी अभियानमा सहभागि भए । यस विषयमा मूलपत्रले कानुनी प्रक्रियाका लागि प्रहरी र सम्बन्धी निकायमा अपिल समेत गरेको छ ।

संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख लाख ठगि भनेर मूलपत्रमा आएको समाचारमा केही व्यवसायी समाचार हटाउन दबाब दिदै आएका छन् । हिजोदेखि यसमा संघका अध्यक्ष गुरुङ र महासचिवले निर्देशन दिएको भन्दै हुनेसले मूलपत्रकर्मीसँग पनि बताएका छन् । उनले त्यति मात्र होइन धेरै मिडिया तह लगाएको र मूलपत्र मिडियालाई समेत तह लगाउने भन्दै धम्क्याएका छन् ।

हुसेन आफु नै विवाद र ठगिएमा मुछिएका व्यवसायी हुन् । उनको व्यावसायिक चरित्र खासै राम्रो नभएको र कतिपय नेताको आफन्त हुन् भनेर व्यवसायी र कामदार धम्क्याउने व्यक्ति हुन ।

हुसेनमाथि कारवाही गर्ने कि नगर्ने त्यो संघको कुरा हो । तर संघ व्यक्तिको होइन संस्था हो । त्यही भएर संघको आधिकारिक पेजबाट हुसेनले जुन हर्कत देखाए । त्यसको कानुनी उपचार खोज्न सम्बन्धीत निकायलाई मूलपत्रको आग्रह छ । नेपालको कानुनमा भएको व्यवस्थाका आधारमा उनीमाथि कारवाही हुनुपर्छ भन्ने हाम्रो संस्थागत मात्र हो । यदि हुसेनमाथि संघले कानुनी कारवाही गरेन भने मूलपत्रले नेपाल पत्रकार महासंघ र नेपाल प्रेस काउन्सिलमार्फत उनलाई कारवाहीको प्रहरी र न्यायलयलाई कानुनी कारवाहीका आग्रह गर्ने बाध्य हुने छ ।

नेपाल पत्रकार महासंघकाे विज्ञप्ती

मूलपत्र मिडियाका पत्रकारहरूलाई लक्षित गरी वैदेशिक रोजगार व्यवसायी संघको नाम लिएर गरिएको धम्कीपूर्ण व्यवहारप्रति नेपाल पत्रकार महासंघ, नेपालले गम्भीर आपत्ति जनाएको छ । हिजो महासंघले यस्तो विज्ञप्ती जारी गरेको हो ।

यस्तै, मूलपत्र मिडियाका पत्रकारहरूलाई लक्षित गरी वैदेशिक रोजगार व्यवसायी संघको नाम लिएर गरिएको धम्कीपूर्ण व्यवहारप्रति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति गम्भीर ध्यानाकर्षण भएको छ ।

मूलपत्र मिडियामाथि म्यानपावर व्यवसायीहरूको आक्रमणप्रति ललितपुर पत्रकार महासंघले कडा भत्र्सना गरेको छ ।

मूलपत्र मिडियाका पत्रकारहरूलाई लक्षित गरी वैदेशिक रोजगार व्यवसायी संघको नाम लिएर गरिएको धम्कीपूर्ण व्यवहारप्रति श्रमजीवी–पत्रकार संघ, नेपालले गम्भीर आपत्ति जनाएको छ ।

श्रमजीवि पत्रकार संघ नेपाल, पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रबाट मुलपत्र मिडिया माथि भएको आक्रमणको ध्यानाकर्षणका विषयमा विज्ञप्ती जारी भइसकेको अवस्थामा हालसम्म वैदेशिक रोजगार व्यवसायी महासंघबाट कुनै आधिकारिक धारणा सार्वजनिक नहुनुले अक्तरहरु परिचालित हुन भन्ने कुरामा आशंका सिर्जना गरेको छ ।

– सम्पादकीय