विश्व सम्पदा सुचिमा थपिए नयाँ क्षेत्रः कुन कुन परे

काठमाडौं । युनेस्कोको मुख्यालय पेरिसमा आयोजित सतचालिसऔँ विश्व सम्पदा समिति बैठकले ९ नयाँ सांस्कृतिक सम्पदा स्थलहरूलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने निर्णय गरेको छ।
थपिएका नयाँ सूचिहरुमा मुरुजुगा कल्चरल लेण्डस्केप अष्ट्रलिया, कम्बोडिएन मेमोरियल साइट कम्बोडिया, डाइ गिड बाई कल्चरल लेण्डस्केप क्यामरुन, झिझिया इम्पेरियल टम्बस चीन, मराठा मिलिटरी लेण्डस्केप भारत, द प्रि हिस्टोरिक साइट अफ द खोरामावाद भ्याली इरान, माउन्ट मुलान्जे कल्चरल लेण्डस्केप मालावी, फरेष्ट पार्क सेलाङगोर मलेसिया र फाया पालिया लेण्डस्केप संयुक्त अरव इमिरेट्स रहेको छन् ।
मुरुजुगा कल्चरल लेण्डस्केप अष्ट्रलिया उत्तर पश्चिमी अष्ट्रेलियाको बुरुप प्रायद्वीप र डाम्पियरमा मा अवस्थित, यो स्थानमा ५०,००० वर्ष पुराना एक मिलियन भन्दा बढी इन्डिजिनियस रक आर्ट रहेका छन्।
कम्बोडिएन मेमोरियल साइट कम्बोडिया, खमेर रूज शासनकालका मानवाधिकार उल्लङ्घन देखाउने एम १३ जेल, टउल म्युजियम च्योङ एक स्थानहरु जसलाई स्मृति र शान्तिको प्रतीकको रूपमा संरक्षित गरिएको क्षेत्र हो।
डाइ गिड बाई कल्चरल लेण्डस्केप क्यामरुन, मन्दरा माउन्टेनमा फैलिएको, यो स्थलमा १६ वटा ड्राइ स्टोन संरचनाहरू सात गाउँहरूमा अवस्थित छन्, जसले माफा जनजातिको कृषि, आवास र धार्मिक सम्बन्ध देखाउँछन्।
झिझिया इम्पेरियल टम्बस चीन, निङझिया क्षेत्रको हेलेन माउन्टेनको तल्लो भागमा अवस्थित, झिझिया राज्यका नौ शाही समाधिसहित २७१ अधीनस्थ समाधि र अन्य पुरातात्विक संरचनाहरू समेटिन्छन्। यो स्थल झिझिया सभ्यताको धार्मिक र सामाजिक राजनीति धरोहरको प्रतिनिधित्व हो।
मराठा मिलिटरी लेण्डस्केप भारत, महाराष्ट्र र तमिलनाडु मा फैलिएका १२ वटा किल्लाहरू १७–१९औँ शताब्दीका युगमा निर्माण भएका हुन । यी किल्लाहरूले मराठी सैन्य वास्तुकला र रणनीतिक प्रबन्धको अद्वितीय दृष्टान्त प्रस्तुत गर्छन्।
द प्रि हिस्टोरिक साइट अफ द खोरामावाद भ्याली इरान, खोेरम्मावाद उपत्यकामा अवस्थित पुरातात्विक गुफाहरू र संरचनाहरू, जसले मान्छेको प्रारम्भिक आवास र गतिविधि बारे महत्वपूर्ण सुचना दिन्छन ।
माउन्ट मुलान्जे कल्चरल लेण्डस्केप मालावी, दक्षिण पश्चिम म्यालावीमा मोजाम्विक सीमानाको नजिक, यो बायोस्फेर रिजर्व मा मुलान्जी केडर पाइन्ट्री छ, जुन म्यालावीको राष्ट्रिय वृक्ष हो र सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउँछ।
फरेष्ट पार्क सेलाङगोर मलेसिया, सेलाङगोर मा अवस्थित यो पार्क, मलेशियाको वन अनुसन्धान संस्थासँग सम्बन्धित छ। यसले जैविक विविधता संरक्षण र वन अनुसन्धानमा दीर्घकालीन योगदान प्रदान गर्छ।
फाया पालिया लेण्डस्केप संयुक्त अरव इमिरेट्स, युएइ को केन्द्रिय क्षेत्र सारजाहामा पलेओलैंडस्केप, पुरातात्विक पक्षको दृष्टिले अर्थपूर्ण यो स्थलले प्रारम्भिक मानवीय गतिविधिहरू र पर्यावरणसँगको सम्बन्ध देखाउँछ।
यस भन्दा अघि विश्वभर बारसय तेइस वटा युनेस्कोमा सुचिकृत स्थलहरू थिए जसमा नौ सय बाउन्न सांस्कृतिक, दुईसय एक्तीस प्राकृतिक, र चालिस मिश्रित सम्पदा क्षेत्रहरू थिए । अहिले थपिएको नौ स्थान गरि जम्मा सुचिकृत संख्या बारसय बत्तिस हुन पुगेको छ । जसमा नेपालको काठमाडौं उपत्यका, लुम्बिनी क्षेत्र, सगरमाथा क्षेत्र र चितवन गरि चार क्षेत्र समेटिएको छ ।
विश्व सम्पदा सुचिमा सबैभन्दा धेरै क्षेत्र चीन र इटालीको समेटिएको छ । दुबै देशको साठी क्षेत्र समेटिएको छ भने तेश्रो जर्मनीको चवन्न वटा क्षेत्र विश्व सम्पदा सुचिमा समेटिएको छ ।