Close

Recent Posts

ओलीमाथि खनिएको भीड भण्डारीको इन्ट्रीले नरम पर्ला भन्ने खुल्दुली

ओलीमाथि खनिएको भीड भण्डारीको इन्ट्रीले नरम पर्ला भन्ने खुल्दुली
  • २० असार २०८२, शुक्रबार १८:१०

काठमाडौं– पूर्वउपराष्ट्रपति पुन नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा फर्किदा नेपाली राजनीतिकमा त्यति चर्चा भएन । । त्यसपछि गत असार १४ मा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरणको घोषणासहित सक्रिय राजनीतिमा फर्किने घोषणा गरिन ।

mulpatra

भण्डारीसँगै उपराष्ट्रपतिमा निर्वाचित नन्दबहादुर पुन ‘पासाङ’ ले पहिलो कार्यकाल २०७२ कात्तिक १५ देखि शुरु गरी दोस्रो कार्यकाल २०७९ चैत ५ गतेसम्म थियो ।
प्रथम राष्ट्रपति यादव र उपराष्ट्रपति झा गुमनाम भएर बसीरहेका बेला भण्डारी र पुन राजनीतिमा फर्किदा केही अनुत्तरित प्रश्न समेत उठन थालेको छ ।

यसले नेपालको राजनीतिमा एक किसिमको तरङ ल्यायो भने, एमालेभित्रै अध्यक्ष केपी ओली विकल्पका रुपमा भण्डारीलाई हेर्ने थालियो । पुनलाई पार्टीमा ल्याउँदा आफू थप बलियो बन्ने ठानेरै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अगाडि बढाएका हुन् भन्ने धेरैको अनुमान छ । यता भण्डारीले एमाले बलियो बनाउने जिम्मेवारी बोक्न सामथ्र्य छु भनेर देखाउन खोजेकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने तयारीमा लाग्दा त्यति धेरै चर्चा भयो । उनलाई एमालेका धेरै नेताले अध्यक्षका लागि स्वीकार गरे जस्तो देखिँदैछ । भण्डारी कहिलेदेखि जिम्मेवारीसहित राजनीतिक गतिविधिमा सक्रियता हुने हो यसको टुङगो लागेको छैन । एमालेभित्र मात्र होइन भण्डारीको आगमनले एस र अन्य वामघटकमा पनि राजनीतिक जिज्ञाशा बढेको छ ।

एमालेभित्र केपी ओलीलाई चुनौती दिने नेता कोही छैनन । त्यही आडमा उनको पार्टीमा एक्लौटी निर्णय गदै आएका छन् । उनको विरुद्ध बोल्ने आँट कसैको देखिएका थिएनन् । भण्डारीको राजनीतिमा आउने चर्चाले धेरैलाई ओलीको एकलौटी तोडिने आशा दिएको छ ।

दशौँ महाधिवेशनमा ओलीलाई चुनौती दिएका भीम रावल मैदानबाट लखेटिएपछि एमालेमा ओलीको विरोध गर्नु भीम रावल हुनु हो भन्ने भाष्य बनाइयो विगतमा माधव नेपालको कार्यकालमा विरोध गरे टंक कार्की बनिन्छ भने झै । एमालेमा अझै पार्टी कार्यालय बनाउन भाटभटेनी साहुले ठूलै साथ सहयोग गरेको विषयमा विरोध गर्ने बिन्दा पाण्डे र उषाकिरण तिमल्सेनालाई कारबाही गरेपछि त ओलीविरुद्धको आवाज पूर्णरूपमा अवरुद्ध नै भएको थियो । तर पार्टीभित्रै दवाव बढेपछि उनीहरुको कारवाही फुकुवा भएको छ ।

ओलीको कार्यशैलीप्रति असन्तुष्टको जमात ठूलै भए पनि मुख खोलेर चुनौति दिने हिम्मत दोस्रो, तेस्रो तहका नेतामा हिम्मत छैन, थिएन पनि । बालकोटको विरोध गर्ने हिम्मत हराउँदै गएको बेला विद्याको आगमनमा एमालेमा एउटा हिम्मत पनि देखियो छ ।
आगामी दिनमा ओली र विद्या कसरी अघि बढ्छन् भन्ने राजनीतिक चासोको विषय हो । अर्कोतर्फ भण्डारीका पक्षमा को को कसरी उभिन्छन भन्ने आम जिज्ञासा एमालेभित्र बढीरहेको छ ।

एमाले भित्र ओलीप्रति नकरात्मक धारणा राख्ने मान्छे पनि बोल्न, खुल्न सकिरहेका थिएनन् । ‘बोल्यो कि पोल्यो’ भन्ने अवस्था एमालेमा बढ्दै गएको थियो । जसका कारण पनि भण्डारीको आगमनलाई चासो रुपमा लिएको छ ।

एस लगायतका अन्य पार्टीमा गएकालाई भित्र्याउन पनि वाम एकतामा चासो नै दिएका छैनन ओलीले । जसका कारण एकीकरण नभएसम्म आफूहरू राजनीतिको मूलधारमा सफल नहुने ठानेका, विशेष गरी वामपन्थी पनि यतिबेला विद्यालाई राजनीतिकमा भित्र्याउन लागि परे ।

अर्को एउटा पक्ष, नेकपा विघटन गरेर शक्ति आर्जन गरेका ओलीले वाम एकतामा रुची देखाएनन्, आफू संकटमै परेको बेला पार्टी एकीकरणमा चासो नदिएका आरोप लगाएका एसका नेताहरुपनि भण्डारी एमालेको राजनीतिमा फर्किनु जायज ठाने झै गरिरहेका छन् ।

एमालेको लिङ पहिचान भएन भन्ने अवस्थामा पुगेको पार्टीलाई भारतीय नाकाबन्दीसँग जुधेर एउटा सच्चा देशभक्त पार्टी हो भन्ने सन्देश ओलीकै अडानका कारण भएको थियो । तर पछिल्लो समय ओली त्यो सबै गुमाउने अवस्थामा पुगेका छन् र त्यसका जिम्मेवार उनी स्वयं आफै छन् ।

२०५२ सालमा तत्कालिन प्रधानमन्त्री स्व. मोहनमन अधिकारीले वृद्धा भत्ता र आफनो गाँउ आफै बनाउने भन्ने कार्यक्रम ल्याएर लोकप्रिय मात्र होइन एमालेलाई अहिलेसम्म आउने आधार समेत बनाए । त्यतिबेला एमालेका महासचिव थिए माधव नेपाल । तर ओली शक्तिमा आएपछि माधवकालमा ओलीलाई पेले भन्दा बढी ओलीले माधवलाई पेले र पार्टी फुट्न मात्र पुगेन मुद्धा खेप्न बाध्य भए माधव ।

ओली पछि पार्टीमा शंकर पोखरेललाई नेताका रुपमा हेरिएको थियो तर उनको नेतृत्व क्षमतामा ओली पक्षका नेताहरुले नै प्रश्न उठाउन थालेपछि एमालेको नेतृत्व कसको हातमा भन्ने प्रश्न अनुत्तरित नै थियो । फेरी शंकर पोखरेल र नेता विष्णु पौडेलको ‘को नेता’ भन्ने वेमेलका विच अहिले एमालेमा आन्तरिक गुट (शंकर भर्सेज विष्णु) का कारण अवसरबाट वञ्चित भएका पनि विद्या नेतृत्वमा आउँदा त्यो अवसर पाउने आशमा छन् । यो अहिलेको सवैभन्दा ठुलो एमालेभित्रको विषय हो । एमालेभित्रकै एउटा हिस्सा बाहिर मौन बस्ने, तर मैदानमा ओलीका गतिविधिमा औंला उठाउन नसक्ने भएकै कारण एमालेमा अहिलेको अवस्था सिर्जना भएको हो ।

गत स्थानीय निर्वाचनमा एमालेको वर्चस्व रहेका काठमाडौं महानगर, धरान, धनगढी जस्ता प्रमुख नगरहरुमा स्वतन्त्र उम्मेदवार हावी हुनु, २०७९ को निर्वाचनबाट नयाँ पार्टीका रुपमा उदाएको रास्वपाको जनमतबाट हौसिएका र वर्तमान नेतृत्वमा रहेका नेताहरुको कार्यशैली प्रति बेखुस सर्वसाधारणहरुको ठुलै भिड छ । त्यो तारोमा एमालेका अध्यक्ष केपी ओली समेत पर्छन ।
यसका कारण पनि ओलीको विकल्प एमालेभित्रै खोज्ने मुडमा धेरै नेता थिए त्यही मौका छोप्न खोजेको हुनसक्छ भण्डारीले । जसले ओलीलाई झस्काउने र बेखुस कार्यकर्तालाई हौस्याउने दुबै काम गरेको छ ।

मूलपत्र सम्पादकीय टिप्पणी