Close

Recent Posts

संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख लाख ठगि

संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख लाख ठगि
  • २२ असार २०८२, आईतवार १३:४४

काठमाडौं–वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ नै मानव बेचबिखनमा संलग्न रहेको पाइएको छ ।
गुरुङको गुरुङ म्यानेजमेन्टले म्यानपावरबाट बुल्गेरिया पठाइदिने भन्दै कैलालीका अस्मिता बस्नेत र अंकिता चौधारीसँग साढे २९ लाख रुपैयाँ लिएको पाइएको छ ।

mulpatra

अस्मिता बस्नेतको १४ लाख र चौधरीको १५ लाख ५० हजार दिएको उजुरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा परेको छ । उनीहरु गुरुङको म्यानपावर भारत हुँदै बुल्गेरिया पठाउने भनेर भारतको दिल्ली हुँदै पन्जावमा राखेको । त्यसपछि फेरी दिल्ली ल्याएर अलपत्र परेको भन्दै पीडितले उजुरी कार्यालयमा दिएका छन् ।

गुरुङको एजेण्ट राजकुमार भण्डारीले अध्यक्ष गुरुङकै म्यानपावरमा आर्थिक कारोवार गरेको समेत पीडितले उजुरीमा उल्लेख गरेका छन् । गुरुङको म्यानपावरमा गएर कुराकानी गर्दा पैसा दिने आश्वासन मात्र दिएको पीडित बस्नेतले जानकारी दिइन् ।

राजकुमार भण्डारी भने गुरुङको एजेन्ट भएको जानकारी समेत दिए । उनले मूलपत्रसँग कुराकानी गदै उक्त मुद्दा मिलिसकेको समेत जानकारी दिए ।

यस विषयमा कुराकानी गर्न खोज्दा सम्र्पकमा आउन चाहेनन । पीडितले भने उनै गुरुङसँग उनकै म्यानपावरमा पटक–पकट कुराकानी समेत गरेको जानकारी दिए । कार्यालयले समेत पीडितले उजुरी लिएर आएको जनाएको छ ।

पीडितको उजुरी