Close

Recent Posts

४ महिनादेखि श्रमको स्कर्पियो महन्थकी छोरीले चढ्दैथिइन्, यस विषयमा जवाफ दिन हिच्किचाउँदै सचिव–मन्त्री

४ महिनादेखि श्रमको स्कर्पियो महन्थकी छोरीले चढ्दैथिइन्, यस विषयमा जवाफ दिन हिच्किचाउँदै सचिव–मन्त्री
  • २२ असार २०८२, आईतवार १५:४०

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाटै श्रम मन्त्रालयको गाडी हराएको प्रधार भयो । संहदरबारभित्रको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्नहरु उठेको छ ।

mulpatra

करिब ४ महिनाअगाडि नै भण्डारीका स्वकीय सचिवले ‘मन्त्रीज्यूको आदेश’ भन्दै मन्त्रालयको स्टोरबाट प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको महेन्द्र स्कर्पियो लिएर हिँडेका थिए । यो विषयमा सचिव पुष्करले त्यही बेला थाहा पाएका हुन् । तर, मन्त्रीकै आदेशमा लगिएको भनेपछि उनले केही गर्न सकेनन् ।

खासमा गाडी न हराएको हो, न भेटिएको । खासमा गाडी दुरुपयोग भइरहेको थियो, त्यो पनि अरु कोहीबाट नभएर श्रममन्त्री शरदसिंह भण्डारीबाटै । र, उनकै सचिव कृष्णहरी पुस्करले चलाखीपूर्वक ‘गाडी हराएको’ भन्दै खोजीका लागि गृह मन्त्रालयमा पत्राचार गरेका थिए ।

mulpatra mulpatra mulpatra

प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई समेत बोधार्थ पठाइएको पत्रमा गाडी कहिले हराएको भन्ने उल्लेख छैन । त्यसको २४ घन्टा नबित्दै सबैलाई राहत दिने गरी अर्को समाचार आयो– हराएको गाडी भेटियो ।

स्कर्पियो मन्त्री भण्डारीकै कब्जामा रहेको बुझाइ मन्त्रालयका सचिव र कर्मचारीहरूमा थियो । तर, मन्त्रीले सो गाडीमा लोसपाका अध्यक्ष महन्थ ठाकुर सवार हुने गरेको आरोपपछि कथामा ट्वीस्ट आएको छ । स्रोतको दाबीअनुसार आफूलाई फेरि एकपटक मन्त्री बनाइदिने पार्टी अध्यक्ष महन्थलाई रिझाउन भण्डारीले मन्त्रालयको गाडी दिलाएका हुन् ।

भण्डारीले नै अघिल्लोपटक मन्त्री भएका बेला २०८० साल फागुनमा अध्यक्षकी छोरीलाई सो नियुक्ती दिलाएका थिए । एक उपसचिवलाई उद्वृत गर्दै समाचारमा उनै मिनाक्षीले मन्त्रालयको गाडी चढ्ने गरेको जनाइएको छ ।

Image Source: © https://mulpatra.com

सचिवले स्कर्पियोका विषयमा मन्त्रीको सचिवालयलाई सोधे । तर, स्वकीय सचिवले स्कर्पियो कहाँ छ भन्ने आफूलाई थाहा नभएको भन्दै गैरजिम्मेवार जवाफ दिएपछि सचिव पुस्कर रुष्ट बनेका थिए । त्यसपछि उनले गाडी खोजीका लागि गृह मन्त्रालयलाई पत्र काट्न लगाएका हुन् ।

महन्थ ठाकुरजस्तो सादगी नेताले यस्तो गर्नुहुन्छ ? कांग्रेसको पालामा मन्त्री हुँदाखेरि त सरकारी गाडी चढ्नु भएन, अहिले के चढ्नुहुन्छ ? उहाँ त सरकारीको नाम लिने वित्तिकै रिसाउनुहुन्छ ।

उक्त सवारी साधन जहाँ जस्तो जुन अवस्थामा छ, खोजतलास गरिदिनु हुन साथै प्रचलित कानूनबमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी अनुसन्धान कारवाही अगाडि बढाइदिनुहुन १५ असारको सचिवस्तरीय निर्णयानुसार अनुरोध छ ।

प्रशासन शाखाका अधिकृत भीमबहादुर शाहीले लेखेको पत्रमा भनिएको थियो, ‘यस मन्त्रालयको स्वामित्वमा रहेको तपसिलको विवरण अनुसारको चारपाङ्ग्रे सवारीसाधन विगत केही समयदेखि हराइरहेको हुँदा

यसरी पत्रमा गाडी खोजतलास गर्न मात्र नभएर सम्वन्धित व्यक्तिलाई मुद्दासमेत चलाउन भनिएपछि आत्तिँदै मन्त्री भण्डारीले गाडी फिर्ता गर्न लगाएका छन् । पत्र काटिएको दुई दिनमै गाडी मन्त्रालयमा ल्याइएको स्रोतले बतायो ।

विगतमा गिरिजाप्रसाद कोइरालाको सरकारबाट हटेपछि निवासबाट फर्किँदा सरकारी गाडी छोडेर आफूलाई ट्याक्सी बोलाउन लगाएको उनले सम्झिए । मिश्रका अनुसार अहिले ठाकुरको आफ्नै निजी गाडी छ र त्यही चढ्दै आएका छन् ।