Close

Recent Posts

रसुवा बाढी: उद्धारमा खटिएका तीन प्रहरी र चिनियाँसहित १८ जना सम्पर्कविहीन

रसुवा बाढी: उद्धारमा खटिएका तीन प्रहरी र चिनियाँसहित १८ जना सम्पर्कविहीन
  • २४ असार २०८२, मंगलवार १०:४५

काठमाडौं–रसुवाको रसुवागढी नाकास्थित भोटेकोशीमा आएको भीषण बाढीको कारण तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन् ।

mulpatra

इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारको लागी खटिएका असई लाल बहादुर श्रेष्ठ, जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्क विहीन भएका हुन् । त्यस्तै ९ जना नेपाली र ६ जना चाइनिज गरी १८ जना सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

आज बिहान ३ बजे चीनको एरियामा परेको अविरल वर्षाको कारण रसुवागढीमा भारी मात्रामा बाढी आएको थियो । बिहान ४ बजे नेपाल र चिन नाका जोड्ने मितेरी बगाई पुल पूर्ण रूपमा क्षति भ मानिस र सवारी साधनमा आवतजावत बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै साढे ४ बजे रसुवा गोसाईंकुण्ड गापा वडा नं २ स्थित रहेको इभी चार्जिङ स्टेसनमा क्षति भएको ७र८ वटा इभी गाडीहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ ।