Close

Recent Posts

११ महिना १५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स आयो, साढे लाख वैदेशिक रोजगारीमा

११ महिना १५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स आयो, साढे लाख वैदेशिक रोजगारीमा
  • २४ असार २०८२, मंगलवार १६:३८

काठमाडौं– आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा देशमा भित्रिएको विप्रेषण (रेमिट्यान्स) आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई कुल १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर १७.२ प्रतिशत रहेको थियो ।

mulpatra

नेपाल राष्ट्र बैंकका अनुसार २०८२ सालको जेठ महिनामा मात्र देशले १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ बराबरको विप्रेषण प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँभन्दा धेरै हो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा गणना गरिएको विप्रेषण पनि १२.७ प्रतिशतले बढेर ११ अर्ब २५ करोड पुगेको छ। अघिल्लो वर्ष यो वृद्धिदर १५.२ प्रतिशत थियो । त्यस्तै, सोही अवधिमा कुल खुद द्वितीय आय तथा ट्रान्सफर रकम १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १४ खर्ब ४३ अर्ब १० करोड रुपैयाँभन्दा धेरै हो ।

mulpatra mulpatra mulpatra

यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या पनि बढेको देखिएको छ। नयाँ श्रम स्वीकृति लिनेको संख्या संस्थागत तथा व्यक्तिगत गरी ४ लाख ५२ हजार ३२४ पुगेको छ । जबकि पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४ लाख २१ हजार ३५६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६१ हजार २१० थियो ।