Close

Recent Posts

नेपाल–चीन सिमानामा अवस्थित मितेरी पुल बाढीले बगाएपछि २० जना बेपत्ता, ५५ जना सकुशल उद्धार

नेपाल–चीन सिमानामा अवस्थित मितेरी पुल बाढीले बगाएपछि २० जना बेपत्ता, ५५ जना सकुशल उद्धार
  • २४ असार २०८२, मंगलवार २३:३०

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा भएको भारी बर्षाका कारण भोटेकोशीमा आएको बाढीमा परि २० जना मानिस वेपत्ता भएका छन् । भने नेपाल चीन सिमानाको मितेरी पुल पुर्ण रुपमा क्षति भएको छ । रसुवा जिल्ला प्रशासन कार्यालयले जनाए अनुसार ५५ जनाको सकुसल उद्धार गरिएको छ ।

mulpatra

भोटेकोशीको बाढी मङ्गलबार बिहान ३ः०० बजे रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको थियो । पुल बगाउँदा रसुवागढी नाकाको पूर्वाधार, जडान गरिएका सामग्री र भन्सार कार्यलय समेतमा ठूलो क्षति पुगेको छ । बाढीले व्यापारीहरुका तेइस वटा भन्दा बढी कन्टेनर र इभी गाढीहरु समेत बगाएको छ भने सयौं ट्रक र कन्टेनरमा क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाद्वारा जारी विज्ञप्ति अनुसार, मितेरी पुलसहित सडक संरचना, कन्टेनर, ट्रक तथा अन्य सामग्री बगाउँदा हालसम्म २० जना बेपत्ता भएका हुन्। बेपत्तामध्ये ६ जना चिनियाँ नागरिक रहेका छन् ।

mulpatra mulpatra mulpatra

प्रशासनका अनुसार, रसुवागढी जलविद्युत आयोजनाको संरचनामा पनि सामान्य क्षति पुगेको छ भने विद्युत् आपूर्ति अवरुद्ध भएको छ। बाढीले ठूलो जनधनको क्षति गरेको अनुमान गरिएको छ भने हालसम्म उद्धार र खोजतलास कार्य जारी रहेको छ।

घटनास्थलमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूको समन्वयमा राहत तथा उद्धार कार्य तीव्र पारिएको छ। घटनाको थप विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ।

भोटेकोशीको बाढी विपद पछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता स्वदेशी र विदेशी व्यक्तिको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

Image Source: © https://mulpatra.com

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज साँझ बसेको परिषद्को १८ औं बैठकले नेपाल(चीन जोड्ने मितेरी पुल बगाई आवागमन बन्द भएकाले पुल र सडक पुनर्निर्माण गरी केरुङ नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय गरेको छ।