Close

Recent Posts

संघकै आधिकारिक गु्रपबाट मूलपत्र मिडिया तह लगाउन निर्देशन दिएको भन्दै म्यानपावर व्यवसायी अख्तर हुसेनको धम्की

संघकै आधिकारिक गु्रपबाट मूलपत्र मिडिया तह लगाउन निर्देशन दिएको भन्दै म्यानपावर व्यवसायी अख्तर हुसेनको धम्की
  • २५ असार २०८२, बुधबार १५:०३

काठमाडौं– तराई वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्षमा अख्तर हुसेनले मूलपत्र मिडियालाई धम्क्याएका छन् । अख्तर हुसेनले वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेश बस्नेतको निर्देशन भन्दै मूलपत्र मिडियाको फेसबुक पेजमा रिपोर्ट गर्ने र डिस्लाइक अभियान चलाएका छन् ।

mulpatra

यति मात्र होइन हुसेनले संघकै गु्रपमा नै संघका अध्यक्ष गुरुङ र महासचिव बस्नेतलाई मेनसन गरी मूलपत्र मिडियामाथि फल्स रिपोर्ट गर्न आग्रह गरेका छन् । यो तथ्य मूलपत्र मिडियाले प्राप्त गरेको छ ।

उनले अध्यक्ष भुवनसिंह गुरुङ र महेश बस्नेतको समाचार मूलपत्रमा आएको भन्दै यो मिडियाले व्यवसायी संघको कार्यसमितिलाई आक्रमण गरेको भन्दै अभियान नै चलाइए । जसमा एक दर्जन जति व्यवसायी अभियानमा सहभागि भए । यस विषयमा मूलपत्रले कानुनी प्रक्रियाका लागि प्रहरी र सम्बन्धी निकायमा अपिल समेत गरेको छ ।

mulpatra mulpatra mulpatra

संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख लाख ठगि भनेर मूलपत्रमा आएको समाचारमा केही व्यवसायी समाचार हटाउन दबाब दिदै आएका छन् । हिजोदेखि यसमा संघका अध्यक्ष गुरुङ र महासचिवले निर्देशन दिएको भन्दै हुनेसले मूलपत्रकर्मीसँग पनि बताएका छन् । उनले त्यति मात्र होइन धेरै मिडिया तह लगाएको र मूलपत्र मिडियालाई समेत तह लगाउने भन्दै धम्क्याएका छन् ।

हुसेन संघमा आबद्ध छैन । तर उनले मूलपत्रकर्मी जे गरे भएपनि तह लगाउन संघका अध्यक्ष गुरुङ र महासचिवसँग छलफल भएको पनि मूलपत्रसँग बताएका छन् । हामीले यस विषयमा कुराकाननी गर्न पटक–पटक संघका अध्यक्ष गुरुङलाई सम्र्पक गर्न खोज्दा सम्र्पकमा आएनन् ।

महासचिव बस्ने भने कुनै कार्यक्रममा भएका कारण तत्काल प्रक्रिया दिन नसक्ने म्यासेज गरेका छन् ।

Image Source: © https://mulpatra.com