Close

Recent Posts

पहिरोले थुनिएको म्याग्दी नदी ‘ओभरफ्लो’ भएर बग्न थाल्यो

पहिरोले थुनिएको म्याग्दी नदी ‘ओभरफ्लो’ भएर बग्न थाल्यो
  • २५ असार २०८२, बुधबार १४:५८

काठमाडौं– म्याग्दीको धौलागिरिमा पहिरो खस्दा म्याग्दी नदी थुनिएको छ । गाउँपालिकाको वडा नम्बर ४ र ६ जोडिने बाँसबोट भीरबाट खसेको पहिरोे नदी थुनिएको हो ।

mulpatra

गएराति १० बजेदेखिको वर्षाले पहिरो खस्दा करिब १० मिनेट म्याग्दी नदी थुनिएको गाउँपालिका उपाध्यक्ष रेशम पुन मगरले अनलाइनखबरलाई जानकारी दिए ।

१० मिनेटपछि भने अहिले नदी आफ्नो बहावमा बग्न थालेपनि फेरि पहिरो खस्ने जोखिम भने रहेको उनले बताए । पहिरोले थुनिएको नदी ‘ओभरफ्लो’ भएर बग्न थालेकाले तटीय क्षेत्रमा डुबानको खतरा रहेको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्रहरी, प्रशासन कार्यालय र गाउँपालिकाका प्रतिनिधिसहितको टोली घटनास्थलतर्फ जाँदै गरेको उपाध्यक्ष पुन मगरले बताए ।