Close

Recent Posts

मूलपत्रमाथि भएको आक्रमणको ललितपुर पत्रकार महासंघद्वारा भर्त्सना

मूलपत्रमाथि भएको आक्रमणको ललितपुर पत्रकार महासंघद्वारा भर्त्सना
  • २५ असार २०८२, बुधबार १८:२८

काठमाडौं– मूलपत्र मिडियामाथि म्यानपावर व्यवसायीहरूको आक्रमणप्रति ललितपुर पत्रकार महासंघले कडा भत्र्सना गरेको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि हमला निन्दनीय भएको स्पष्ट पारेको हो ।

mulpatra

महासंघले मूलपत्र मिडियाले वैदेशिक रोजगारी क्षेत्रका विकृति, विसंगति र ठगीका घटनामाथि प्रकाश पार्दै आएका समाचारप्रति असन्तुष्टि जनाउँदै केही म्यानपावर व्यवसायीहरूले सामाजिक सञ्जालमा अभद्र टिप्पणी, अनलाइक अभियान तथा धम्कीपूर्ण व्यवहार देखाएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

‘पत्रकारिताको धर्म भनेकै सत्य तथ्य सार्वजनिक गर्नु हो । उक्त धर्म निर्वाह गर्ने मिडियामाथि गरिएको दादागिरी र आक्रमण लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको प्रतिकूल कार्य हो ।’ विज्ञप्तिमा उल्लेख छ ।

महासंघले यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ र सरकारसँग मिडियाको सुरक्षाका लागि आवश्यक कदम चाल्न माग गरेको छ । विज्ञप्तिमा पत्रकारहरू कुनै डर त्रासमा नपरी आफ्ना कर्तव्यमा अडिग रहन आग्रह समेत गरिएको छ ।