Close

Recent Posts

तीनकुने प्रकरणः थापा र जिसी धरौटीमा छुटे, न्यौपानेलाई पुर्पक्षका लागि कारागार पठाइयो

तीनकुने प्रकरणः थापा र जिसी धरौटीमा छुटे, न्यौपानेलाई पुर्पक्षका लागि कारागार पठाइयो
  • २६ असार २०८२, बिहीबार ११:०७

काठमाडौं– गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले फरार भनेका तीन जना प्रतिवादी बुधबार अदालतमा उपस्थित भएका छन् ।

mulpatra

काठमाडौं जिल्ला अदालतले तीमध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने दुई जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

बुधबार नै अदालतमा हाजिर भएका अन्य दुई अभियुक्तहरू विनञ्जय थापा र राजेन्द्र जिसीलाई भने जनही १५÷१५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ ।

mulpatra mulpatra mulpatra

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले लामो समयदेखि फरार रहेका अभियुक्त सतीश न्यौपानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। आदेशलगत्तै उनलाई डिल्लीबजार कारागार पठाइएको छ ।

गत चैत १५ गते राजसंस्था पुनस्र्थापनाको माग राख्दै दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको आन्दोलन हिंसात्मक बन्दा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । उनीहरूविरुद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको थियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशम्शेर राणासहित ६५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

Image Source: © https://mulpatra.com

जसमध्ये मुख्य अभियुक्त मानिएका दुर्गा प्रसाईंसहित ७ जनालाई अदालतले यसअघि नै पुर्पक्षका लागि थुनामा पठाइसकेको छ। मिश्र र राणा भने अदालतमा हाजिर भई धरौटीमा रिहा भइसकेका छन्।