वाइसिएलको साउन १ बाट दुई महिने श्रम र उत्पादन अभियान

काठमाडौं– नेकपा माओवादी केन्द्र आबद्ध वाइसिएल नेपालले २ महिने श्रम अभियान सन्चालन गर्ने भएको छ ।
वाइसिएलको हालै सम्पन्न पभर्चुअल केन्द्रीय समिति बैठकले श्रम तथा उत्पादनमा वाइसिएल नाम दिएर २ महिने श्रम अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।
अभियानको उद्घाटन साउन १ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्ने वाइसिएलका उपाध्यक्ष हरि ढकालले बताए ।
वाइसिएल अध्यक्षमा पुष्प ओली निर्वाचित भएपछिको पहिलो बैठकले विविध निर्णय गरेको छ । बैठकमा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले संगठनलाई एकताबद्ध बनाएर अभियानमा जुट्न निर्देशन दिएका थिए ।