Close

Recent Posts

संघको आधिकारिक पेजबाट मूलपत्र मिडियाविरुद्ध रिपोर्ट र डिस्लाइक अभियान चलाएकोप्रति महासंघको ध्यानाकर्षण

संघको आधिकारिक पेजबाट मूलपत्र मिडियाविरुद्ध रिपोर्ट र डिस्लाइक अभियान चलाएकोप्रति महासंघको ध्यानाकर्षण
  • २६ असार २०८२, बिहीबार २०:१०

काठमाडौं–हाल मूलपत्र मिडियाका पत्रकारहरूलाई लक्षित गरी वैदेशिक रोजगार व्यवसायी संघको नाम लिएर गरिएको धम्कीपूर्ण व्यवहारप्रति नेपाल पत्रकार महासंघ, नेपालले गम्भीर आपत्ति जनाएको छ ।

mulpatra

तरार्इ वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्ष अख्तर हुसेनले मूलपत्र मिडियालाई धम्क्याएको भन्दै पत्रकार रमेश भारतीले हुसेनसहित वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेश बस्नेतको निर्देशन भन्दै मूलपत्र मिडियाको फेसबुक पेजमा रिपोर्ट गर्ने र डिस्लाइक अभियान चलाएको आरोप लगाएका छन् ।
तराई वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्षमा अख्तर हुसेनले मूलपत्र मिडियालाई धम्क्याएका छन् । अख्तर हुसेनले वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेश बस्नेतको निर्देशन भन्दै मूलपत्र मिडियाको फेसबुक पेजमा रिपोर्ट गर्ने र डिस्लाइक अभियान चलाएका छन् ।

यति मात्र होइन हुसेनले संघकै गु्रपमा नै संघका अध्यक्ष गुरुङ र महासचिव बस्नेतलाई मेनसन गरी मूलपत्र मिडियामाथि फल्स रिपोर्ट गर्न आग्रह गरेका छन् । यो तथ्य मूलपत्र मिडियाले प्राप्त गरेको छ ।

उनले अध्यक्ष भुवनसिंह गुरुङ र महेश बस्नेतको समाचार मूलपत्रमा आएको भन्दै यो मिडियाले व्यवसायी संघको कार्यसमितिलाई आक्रमण गरेको भन्दै अभियान नै चलाइए । जसमा एक दर्जन जति व्यवसायी अभियानमा सहभागि भए । यस विषयमा मूलपत्रले कानुनी प्रक्रियाका लागि प्रहरी र सम्बन्धी निकायमा अपिल समेत गरेको छ ।

संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख लाख ठगि भनेर मूलपत्रमा आएको समाचारमा केही व्यवसायी समाचार हटाउन दबाब दिदै आएका छन् ।

हिजोदेखि यसमा संघका अध्यक्ष गुरुङ र महासचिवले निर्देशन दिएको भन्दै हुनेसले मूलपत्रकर्मीसँग पनि बताएका छन् । उनले त्यति मात्र होइन धेरै मिडिया तह लगाएको र मूलपत्र मिडियालाई समेत तह लगाउने भन्दै धम्क्याएका छन् ।

स्वतन्त्र, निष्पक्ष र निर्भीक पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्ने कुरामा हामी प्रतिबद्ध छौँ। पत्रकारहरूले गरेका समाचार प्रकाशन तथा प्रसारणप्रति असहमति जनाउनु प्रत्येक नागरिक तथा संस्थाको अधिकार हो ।

तर त्यसको प्रत्युत्तर धम्की, दादागिरी र मानसिक त्रासका रूपमा व्यक्त गर्नु प्रेस स्वतन्त्रताको घोर उल्लंघन हो, जुन हामी कुनै हालतमा स्वीकार गर्न सक्दैनौँ भनेर विज्ञप्तीमा भनिएको छ ।
महासंघको विज्ञप्ती