Close

Recent Posts

प्रसाईलाई थुना र जेलनै पठाउनेगरी हात धोएर लागे बैंकिङनिकट व्यवसायी

प्रसाईलाई थुना र जेलनै पठाउनेगरी हात धोएर लागे बैंकिङनिकट व्यवसायी
  • २७ असार २०८२, शुक्रबार १७:०५

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई थुनामा पठाउने प्रक्रियामा केही ठूला व्यवसायीहरूको संलग्नता रहेको आशंका गरिएको छ । प्रसाईविरुद्धका मुद्दामा राजनीतिक मात्र नभई आर्थिक चलखेल समेत भएको चर्चा चुलिएको छ ।

mulpatra

प्रसाईनिकट एक जना एमालेका नेताका अनुसार दुर्गा प्रसाईलाई थुनामा पठाउन र जेल हाल्न केही बैकिङ क्षेत्रमा आवद्ध व्यवसायी नै लागेको पाइएको छ ।

प्रसाईविरुद्ध सरकारको तर्फबाट कारबाही अघि बढाइए पनि यसको पृष्ठभूमिमा आर्थिक र व्यक्तिगत स्वार्थ जोडिएको भन्दै चर्चा चुलिएको छ । राजनीतिक दलकै नेताहरुको अनुसार प्रसाई थुनाउन केही बैकिङ क्षेत्रमा व्यवसायी र बैंक सञ्चालक नै लागेका छन् ।

प्रसाईले विगत केही स्थापित राजनीतिक दल, नेताहरु तथा ठूला व्यवसायीमाथि खुलेर आलोचना गर्दै आएका थिए । उनले बारम्बार माफिया, तस्कर, र भ्रष्टाचारमा लिप्त समूहको नाम उल्लेख गर्दै सडकमा विरोध कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

प्रसाईमाथि विभिन्न मुद्दा लगाई थुनामा पठाउने मात्र होइन, जेल सजाय सुनिश्चित गर्ने लक्ष्यसहित ती व्यवसायीहरू ‘हात धोएर’ लागेको बुझिएको छ ।

दुर्गा प्रसाईले सार्वजनिक रूपमा बोलेका अभिव्यक्तिहरू, विशेषगरी बैंकिङ, ठूला उद्योग र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूविरुद्ध उठाएका आरोपले उनीहरूमध्ये केहीलाई असहज बनाएको थियो। यही कारण, उनीहरू प्रतिशोधको रणनीतिमा उत्रिएको स्रोतहरूको दाबी छ ।

बैंक, बीमा, र वित्तीय क्षेत्रमा प्रभाव राख्ने एकजना व्यवसायीले केही मन्त्री र उच्च अधिकारीसँग नियमित छलफल गर्दै प्रसाईमाथि कठोर कारबाही गराउन दबाब दिएको अडियोसमेत सार्वजनिक हुने चर्चा चलिरहेको छ ।

तर, उनको सक्रियताले केही सत्तासीन नेता र आर्थिक गुट असहज बनेको बुझिएको छ । सोही कारण, उनलाई ‘नियन्त्रण गर्न’ केही व्यवसायी र राजनीतिक शक्तिहरूको साझेदारीमा नियोजित रुपमा थुनिएको हो कि भन्ने आशंका व्यक्त भइरहेको छ ।

एक निकट स्रोतका अनुसार, केही व्यवसायीले प्रसाईविरुद्ध मुद्धा चलाउने, उनको छविमा आँच पु¥याउने र अन्ततः थुनामा पठाउने रणनीतिमा भूमिका खेलेका छन् । यद्यपि, यसबारे सरकार वा प्रहरी प्रशासनबाट आधिकारिक धारणा आएको छैन ।

दुर्गा प्रसाई समर्थकहरूले भने यस घटनालाई ‘लोकतन्त्रविरुद्धको षड्यन्त्र’ भन्दै विरोध जनाउँदै आएका छन् । उनीहरूले प्रसाईमाथि लगाइएको आरोप अस्वीकार गर्दै वास्तविक माफियाको पक्षपोषण भइरहेको दाबी गरेका छन् ।

अबको दिनमा यो मुद्दा कानुनी रूपमा मात्र होइन, राजनीतिक र सामाजिक रूपमा पनि बहसको विषय बन्ने देखिएको छ ।

विश्लेषकहरूका अनुसार, प्रसाईको बढ्दो जन समर्थन, सडक गतिविधि र संस्थागत विरोधले सत्तारुढ वर्ग र उनीहरूसँग साँठगाँठ भएका व्यवसायीलाई असहज भइरहेको थियो । ‘कानुनको नाममा नियन्त्रण’ रणनीति अपनाइएको हो भन्ने भनाइ चलिरहेको छ ।

यता, उनका समर्थकहरू थुनामा पठाउने निर्णयलाई नियोजित र पूर्वयोजना अनुरूपको राजनीति ठानिरहेका छन् । ‘राजनीतिक विरोध दबाउन, माफियाको सुरक्षाका लागि यो कदम चालिएको हो,’ एकजना सहयोगीले नाम उल्लेख नगर्ने सर्तमा भने ।

हालसम्म दुर्गा प्रसाईविरुद्ध ठोस प्रमाण सार्वजनिक भइनसकेको अवस्थामा, उनको पक्राउ र थुनामा पठाइनु स्वाभाविक हो कि नियोजित? भन्ने प्रश्न सामाजिक सञ्जाल र राजनीतिक बहसमा उठ्न थालेको छ ।

गत १५ चैतमा राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनामा काठमाडौं जिल्ला अदालतले दुई साताअघि प्रसाईंलाई थुनामा पठाउने आदेश गरेको छ ।

मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित सातजनालाई पुर्पक्षमा पठाउने र ३२ जनालाई जमानतमा छाड्ने आदेश गरेको थियो । तर पछिल्लो समयमा प्रसाईलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा महान्यायाधिवक्ता रमेश बडालले हात धोएर लागेको प्रसाईनिटक नेताहरुले आरोप लगाउन थालेका छन् ।

महाअभियानको सचिवालय प्रमुख रमेश कुमार कटुवालका अनुसार प्रसाईलाई जेल हाल्न केपी ओलीको निर्देशनमा महान्यायाधिवक्ता रमेश बडाल लागेको आरोप छ । उनका अनुसार महान्यायाधिवक्ता बडालले कानुनीलाई मिचेर अहिले प्रसाईलाई जेल हाल्न राजनीतिक सहयोग गरिरहेका छन् ।

दुर्गा जीले जनताका आवाज बोलेको राजनीतिक दललाई मन परेको छैन । यसका आधारमा उनलाई सामान्य मुद्धामा जेल पठाउने खोजिएको उनको आरोप छ । ‘प्रसाईलाई जेल हाल्न प्रधानमन्त्री केपी ओली लागेका छन् । यसमा महान्यायाधिवक्ता रमेश बडाल नै लागेका छन् । अहिले प्रसाईलाई हाले आफनो हलीमुली रहने उनीहरुको सोच छ ।’ उनले भने ।

बडालकै निर्देशनमा प्रसाईको बैकिङ कसुरसम्बन्धी मुद्दा फेरी सिआइवी प्रहरीमा फिर्ता पठाएका थिए । प्रहरीले प्रसाईलाई बैकिङ कसुरमा मुद्दा चलाउन आधार नभएको भन्दै अदालतमा फाइल पठाएको थियो । तर बडालले उक्त फाइल प्रहरीले फौसलाजस्तो गर्ने होइन भनेर पुन अनुसन्धानका लागि भनेर फिर्ता पठाउन निर्देशन दिएका थिए । जसका कारण ओलीविरोधी प्रसाई खुसी बनाउन बडालले नै लागि परेको देखिन्छ ।