मौद्रिक नीति सकारात्मक, लचिलो र समावेशी आयो:बैंकर्स संघका अध्यक्ष कोइराला
काठमाडौं– नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने विलेश्षण गरेका छन् । उनले मौद्रिक नीति सार्वजनिक भएपछि मूलपत्रसँग कुराकानी गदै बैंकिङ क्षेत्रले उठाएका अधिकांश सुझावहरू मौद्रिक नीतिमा समेटिएको प्रति संघ एकदमै सन्तुष्ट भएको बताए ।

रियल स्टेट तथा घर कर्जामा लोन टु भ्यालु रेसियोलाई ८० प्रतिशत र ७० प्रतिशत कायम गरिएको विषयलाई सराहना स्वागत गर्नुपर्ने उनले बताए । ‘प्रोभिजनिङ नीतिमा पुनरावलोकन हुने भनिएकोमा पनि उनी सकारात्मक देखिए । सकारात्मक, लचिलो र समावेशी छ । संघले उठाएका सबै इश्यूहरू सम्बोधन भए, हामी एकदम खुसी छौं ।’ उनले भने ।
उनका अनुसार गैर बैंकिङ सम्पत्तिका लागि सिर्जना भएको रेगुलेटरी रिजर्भ पूँजीमा समावेश गर्न सकिने व्यवस्था, र राइट इश्यूका लागि खुला वातावरण बैंकहरूका लागि सकारात्मक पहल भएको छ ।
अध्यक्ष कोइरालाले समग्रमा यस नीतिलाई अर्थतन्त्र बुस्टअप गर्न सक्ने खालको भनेका छन्।् अब मुख्य कुरा भनेको, यि सबै व्यवस्था कसरी कार्यान्वयन हुन्छन् भन्नेमा पुगेको उनको भनाइ छ ।
ब्याजदर कोरिडरमा तलको सीमा २.७ प्रतिशत बनाइएको, घर कर्जाको सीमा १ करोडबाट बढाएर ३ करोड पु¥याइएको जस्ता विषयले बजार स्थिरता ल्याउने उनको भनाइ छ ।
राष्ट्र बैंकले ल्याएको नीति अनुसार रु १० लाखसम्मको कृषि कर्जा अब बैंकहरू आफैंले धितो मूल्यांकन गरेर दिन सक्ने भएका छन् । यसले कृषि तथा लघु व्यवसायलाई प्रवाह बढाउने अपेक्षा गरिएको छ । त्यस्तै, शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पु¥याइएको विषयलाई संघले शेयर बजारलाई चलायमान बनाउन सहयोगी भनेको छ ।
मौद्रिक नीतिमा तरलता कभरेज अनुपात (एलसिआर) र खुद स्थिर कोष अनुपातको प्रभावकारी कार्यान्वयनपछि कर्जा–निक्षेप अनुपातमा पुनरावलोकन गरिने भनिएको छ, जसले तरलता जोखिम व्यवस्थापनमा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप सुधार ल्याउने विश्वास संघले व्यक्त गरेको छ ।
