Close

Recent Posts

भक्तपुर मालपोतका हाकिम र सहयोगी साढे २४ लाख घुससहित पक्राउ

भक्तपुर मालपोतका हाकिम र सहयोगी साढे २४ लाख घुससहित पक्राउ
  • ३१ असार २०८२, मंगलवार १६:४७

काठमाडौं– भक्तपुर मालपोत कार्यालयका प्रमुख र एक सहयोगी २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् । कार्यालय प्रमुख कुमार आचार्य र सहयोगी टीकाराम राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो ।

mulpatra

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरू मंगलबार दिउँसो पक्राउ परेका हुन् । उनीहरूले भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी मोहीको नाममा जग्गाधनी प्रमाणपत्र बनाउन घुस घुस लिएको आरोप छ ।