Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

समस्याग्रस्त सहकारीका ८ हजार ऋणीको अचल सम्पत्ति रोक्का, २९ करोड ऋण असुल

समस्याग्रस्त सहकारीका ८ हजार ऋणीको अचल सम्पत्ति रोक्का, २९ करोड ऋण असुल
  • २ श्रावण २०८२, बिहीबार १८:०५

काठमाडौं– समस्याग्रस्त सहकारी संस्थाहरूका ८ हजार ऋणीहरूको जनखाता र अचल सम्पत्ति रोक्का गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा भूमि मन्त्री बलराम अधिकारीले बिहीबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार ८ हजार ऋणी सदस्यहरूको खाता र अचल सम्पत्ति रोक्का गर्ने कार्य भएको छ ।

mulpatra

समस्याग्रस्त सहकारीका ऋणीहरूले लिएको ऋण पटक पटक ताकेता गर्दा समेत नतिरेपछि सरकारले उनीहरूको जनखाता र अचल सम्पत्ति रोक्का गरेको हो । समस्याग्रस्त घोषित सहकारी संस्थाहरूका ऋणीहरूबाट २९ करोड ऋण असुल भएको छ । पाँच वटा मार्ट व्यवस्थापन भएको छ । सहकारी संस्थाका ४८ सेवा केन्द्रको व्यवस्थापन भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालय मार्फत बचतकर्ता र ऋणीबिच हिसाब मिलान गरी ३ अर्ब ७१ करोडको दायित्व मिलान भुक्तानी फरफारक गरिएको छ ।

mulpatra mulpatra mulpatra

सहकारी विभाग मार्फत ४० वटा सहकारी संघ संस्थाको सघन अनुगमन गरी देखिएका कमी कमजोरी सुधारका लागि निर्देशन दिइएको छ । कोपोसिम प्रणालीमा आर्थिक वर्ष २०८१÷८२ मा एक हजार ४९३ गरी हालसम्म १९ हजार १८९ सहकारी संस्थाहरू आबद्ध भएका छन् ।

सरकारले हालसम्म २३ वटा सहकारीलाई समस्याग्रस्त घोषण गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट समस्याग्रस्त घोषित २३ मध्ये राफसाफ भएका सहकारी संस्थाहरू ५ वटा रहेकोमा सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारी संस्था १८ वटा रहेका छन् । हालसम्म ६१ हजार ९४ कुल दाबीकर्ताहरूमध्ये ८ हजार ९८८ सदस्यहरूलाई बचत फिर्ता गरी सकिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापनको काम छिटो र छरितो प्रक्रियाबाट सम्बोधन गर्न पीडितहरूको बचत रकम फिर्ता र दायित्व फरफारक गर्ने कार्य योजना तयार पारिएको मन्त्री अधिकारीले जानकारी दिएका छन् ।

Image Source: © https://mulpatra.com