सरकारले एकैपटक ३७ निर्माण कम्पनीको लाइसेन्स खारेज
काठमाडौं– सरकारले एकैपटक ३७ वटा निर्माण कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै तोकिएको समयसीमा भित्र नवीकरण नगरेका कम्पनीहरूको लाइसेन्स स्वतः खारेज भएको जानकारी दिएको हो ।
खारेजमा परेका कम्पनीहरूमा गणपति ग्रुप अफ कन्स्ट्रक्सन काठमाडौं, भ्याली स्टार विल्डर्स ललितपुर, डिलक्स द ब्रेभ वारियर अफ कन्स्ट्रक्सन काठमाडौं, इन्टरनेशनल इन्फ्रा विल्डर्स काठमाडौं, जय बुद्ध शेर्पा कन्स्ट्रक्सन काठमाडौं, एक्सीलेन्ट विल्डर्स झापा, र शेरम निर्माण सेवा दाङ जस्ता प्रमुख नाम रहेका छन् ।
निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ अनुसार, सबै निर्माण कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१्८२ का लागि चैत मसान्तसम्म आफ्नो इजाजतपत्र नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ । तर, सो अवधिभित्र नवीकरण नगरेका कारण ती कम्पनीहरूको इजाजतपत्र स्वतः रद्द भएको मन्त्रालयले स्पष्ट पारेको छ ।
अन्य खारेजमा परेका कम्पनीमा कुशवाहा कन्स्ट्रक्सन सिराहा, पारुल निर्माण सेवा धनुषा, धनकुट्टा निर्माण सेवा, त्रिपुरा कन्स्ट्रक्सन कञ्चनपुर, मुक्तिनाथ कन्स्ट्रक्सन सिराहा, मारुती बिल्डर्स काठमाडौं, रैन कन्स्ट्रक्सन सुनसरी, र शर्मिला निर्माण सेवा मकवानपुर लगायत छन् ।
