Close

Recent Posts

ओलीले विद्यालाई राजनीतिकमा नफर्किन आग्रह गरे, उनले ‘समयले बोलायो, अब रोकिने अवस्था छैन’ भनेर जवाफ दिइन्

ओलीले विद्यालाई राजनीतिकमा नफर्किन आग्रह गरे, उनले ‘समयले बोलायो, अब रोकिने अवस्था छैन’ भनेर जवाफ दिइन्
  • ५ श्रावण २०८२, आईतवार १८:५०

काठमाडौं– प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

mulpatra

उनीहरूबीच एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको थियो । भण्डारीले गत १४ असारमा एमाले राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेयता एमालेभित्र पक्ष र विपक्षमा मतहरू देखिन थालेका छन् ।

यसैबीच, आइतबार ओली र भण्डारीबीच भेटवार्ता भएको हो । यसलाई पार्टी पंक्तिमा चासोको साथ हेरिएको छ ।

mulpatra mulpatra mulpatra

ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन सुझाव दिएको भण्डारीनिकट एक नेताले मूलपत्रलाई जानकारी दिए । ओलीले भण्डारीलाई ‘अब तपाईंले विश्राम लिनुहोस’ भन्ने आशयमा आग्रह गरे पनि भण्डारीको उत्तर संकेतपूर्ण रह्यो । उनले भनिन्, ‘समयले बोलायो’ जसलाई राजनीतिक वृत्तमा पुनः सक्रिय भूमिकातर्फको संकेतको रूपमा लिइएको भनेर भण्डारीको जवाफ थियो ।

बैंठकमा ओलीले भण्डारीलाई ‘अब तपाईं राजनीतिकमा आउँदा लोकतन्त्रमाथि प्रश्न हुने भन्दै राजनीतिमा नफर्कनुहोस् भनेको स्रोतले जनाएको छ ।

ओलीको यस्तो आग्रहपछि भण्डारीले छोटो तर स्पष्ट जवाफमा समयले बोलायो, म चुप बस्ने अवस्था छैन र अब कुरा पर पुग्यो । हजुरले अवरोध नगर्न भनेर आग्रह गरेको स्रोतले बतायो ।

Image Source: © https://mulpatra.com

भण्डारीको यो भनाइले उनी आगामी दिनमा सक्रिय भूमिकामा देखिन सक्ने संकेत गरिएको विश्लेषण गरिएको छ ।

एमाले भित्र छलफलमा हालै भण्डारीको अभिव्यक्तिहरू, सार्वजनिक कार्यक्रममा देखिएको सक्रियता, र राजनीतिक उपस्थितिलाई लिएर पनि चर्चा भएको थियो कतिपय नेताहरूले उनको सक्रियताले ओली नेतृत्वको हैसियतमा असर पार्न सक्ने आशंका व्यक्त गरेका छन् ।

पहिलोपटक यति खुला रूपमा ओली र भण्डारीबीचको असमझदारी सार्वजनिक भएको देखिएको छ । अब एमालेभित्रको शक्ति सन्तुलन कसरी अगाडि बढ्छ भन्ने प्रश्न उठिरहेको छ ।

पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता पहिल्यै नवीकरण भइसकेको बताएकी छिन् ।

आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताइन् ।

स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले आइतबार बिहान सम्पर्क गरेर भण्डारीलाई बालुवाटार आउन आग्रह गरेका थिए । तर, ओलीको उक्त अनुरोध भण्डारीले अस्वीकार गरेको र पार्टी कार्यालयमा मात्र भेट्ने भनेकाले सोही अनुसार भेट भएको उनी निकट स्रोतको भनाइ छ ।

आगामी भदौमा विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले पछिल्ला केही दिन लगातार पार्टी बैठक चलाइरहेको छ । सचिवालय, पोलिटब्युरो लगायतका बैठकमा औपचारिक रुपमा भण्डारीको राजनीतिक संलग्नताको इच्छाबारे छलफल थालिएको छ ।

भोली देखि बस्ने पार्टीको केन्द्रिय कमिटिको बैठकमा समेत उक्त कुराले स्थान पाउने देखिएको छ ।