सय कामदार पठाउने नसक्ने ३ सय २६ म्यानपावरको इजाजतपत्र रद्द
काठमाडौं– वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा १ सय कामदार पनि पठाउन नसकेका ३ सय २६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको हो ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार दुई वर्षसम्म लगातार वार्षिक १ सय कामदार पठाउन नसक्ने म्यानपावर व्यवसायीको इजाजतपत्र रद्द गरिने छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार दुई वर्षसम्म लगातार वार्षिक १ सय कामदार पठाउन नसक्ने म्यानपावर व्यवसायीको इजाजतपत्र रद्द गरिने छ ।
१९ चैत २०७५ मा वैदेशिक रोजगार ऐन संशोधन गर्दै लगातार दुई वर्षसम्म वार्षिक १ सय पनि श्रमिक पठाउन नसक्नेको इजाजतपत्र रद्द गर्ने व्यवस्था गरिएको थियो । ६ वैशाख २०८२ म ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ बाट उक्त प्रावधान संशोधन गरिएको थियो । तर, राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ ।
![]() |
![]() |
![]() |
|---|
दुई आर्थिक वर्षमा सय कामदार पठाउन नसक्ने म्यानपावर निलम्बनमा परेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिए । ऐन अनुसार नै ३ सय २६ म्यानपावर कम्पनीको इजाजतपत्र रद्दको अवस्थामा पुगेको उनको भनाइ छ ।
ऐनसँगै वैदेशिक रोजगार नियमावली समेत संशोधन गर्नुपर्ने हुन्छ । ऐन प्रमाणीकरण भएपछि श्रम मन्त्रालयले नियमावली संशोधन गर्ने छ । त्यसपछि मात्रै ती संस्थाको इजाजतपत्र नवीकरण हुनेछ ।



