वीरमा बेडको समस्या देखाएर नीजि मेडिकल कजेल–अस्पतालमा बिरामी पठाउन दिनेशको नेतृत्वमा गिरोह पुन सक्रिय, माेटो रकम असुल्ली

वीरमा बेडको समस्या देखाएर नीजि मेडिकल कजेल–अस्पतालमा बिरामी पठाउन दिनेशको नेतृत्वमा गिरोह पुन सक्रिय, माेटो रकम असुल्ली
  • १५ श्रावण २०८२, बुधबार १०:२५

काठमाडौं– वीर अस्पताल जस्तो सरकारी अस्पतालमा समस्या देखाएर बिरामीलाई जानाजान निजी मेडिकल कजेल–अस्पताल पठाउने गरेको पाइएको छ ।

mulpatra

सरकारी सेवा लिने आशामा वीर अस्पताल पुगेका बिरामीलाई सामान्य परीक्षणपछि समस्या देखाएर निजी अस्पताल पठाउने प्रवृत्ति बढ्दै गएको छ ।

पाटन, टिचिङ र सिभिल अस्पताल पठाउनेको सट्टा त्यहाँ बेड छैन भनि बिरामीलाई उपचारका लागि नीजिमा पठाउने गरिएको बिरामीहरुले नै गुनासो गरेका छन् । यो समस्या आजको मात्र होइन ।

चितवबाट आएका बिरामी कृष्ण कुमारीलाई गत असार २३ गते डाक्टर भोला यादवले पटक–पटक केएमसी हस्पीटल जानु भनेर दबाब दिएको बिरामीका आफन्तको गुनासो छ । उनले वीरमा तत्काल उपचार सम्भव छैन नभएको भनेर केएमसी जानु भनेर पठाएको बिरामीका आफन्तले मूलपत्रसँग बताए । यस विषयमा कुरा गर्दा भोलाले पनि एचओडिका प्रमुख सुरेश नेपालसँग कुराकानी गर्नु मात्र भनेर जवाफ दिए । यसको जवाफ उनैले दिने भोलाले बताए ।

उनले केएमसि जानु भनेको भाषासँग वीरकै अर्को कर्मचारी रमाशंकर सिंहको पनि कुरा मिल्यो । उनले पनि यी बिरामीलाई केएमसी जानु भनेर दबाब नै दिए । ढिलो गर्नुभयो भने बिरामीलाई जेपनि हुन्छ भनेपछि हामी आत्तिएर बिरामी नीजि अस्पताल लागेको बिरामीका आफन्तले मूलपत्रसँग बताएका छन् ।

सिंहले नै बा ६ च ९१०० नम्बर एम्बुलेन्सको व्यवस्था मिलाए दिए । त्यही एम्बुलेन्समा हामी अर्को नीजि अस्पताल गएको बिरामीका आफन्तले बताए । ‘एम्बुलेन्समा बिरामी लिएर जाँदा चालकले भाडा बढी लियो । भाडा किन बढी लिएको भन्दा एम्बुलेन्स चालकले सिंहलाई एम्बुलेन्स मिलाएवापत कमिशन दिनुपर्छ भनेर जवाफ दिए । मलाई सिधै गरेको भए कम भाडा पथ्र्यो ।’ उनले भने । कमिशन लिने व्यक्ति सिंह थिए ।

यस कार्यमा वीरकै कर्मचारी दिनेश जैयवाल चौधरीले नेतृत्व गरिरहेको पाइयो । उनी बीमामा कार्यरत छन् । मूलपत्रले यस विषयमा अध्ययन गर्दा उनीले विगतमा यस्तै कार्यमा संलग्न रहेको पाइयो । पहिला उनी इमरजेन्सीमा कार्यरत थिए । त्यही नीजि मेडिकल कलेज र अस्पतालमा बिरामी पठाउने, स्वास्थ्य कर्मचारीसँग लफडा गर्ने र डाक्टरसँग झगडा गर्ने गरेको पाइयो । त्यही कारण उनी इमरजेन्सीबाट बीमा सरुवा भएको रहेछन् ।

उनले ३–४ वर्षदेखि विभिन्न नीजि मेडिकल कलेज र अस्पतालसँग कमिशन खाएर यस्तो कार्य गदै आएको ती कर्मचारीले बताएका छन् । उनको केही वर्षअघि यसै विषयमा अख्तियारमा समेत उजुरी परेको छ । हाल उनी यसै गैरकानुनीका काम सगंठन नै बनाएर पुन सक्रिय रहेको वीरकै कर्मचारी बताउँछन् ।

वीरकै कर्मचारी सिंहले समेत दिनेशको सल्लाहमा काम गर्ने बताए । दिनेशले नीजिबाट माटो रकम र अन्य सामाग्री समेत लिएर नीजि अस्पताल र मेडिकल कलेजमा बिरामी पठाउने गरेको वीरकै कर्मचारीको आरोप छ । यसै विषयम

वीर इमरजेन्सी सेवाका एचओडि सुरेश नेपालले वीरमा यस्तो कार्य गरेको केही प्रमाण भए कानुनी कारवाही गर्ने बताएका छन् । समस्या नभएको होइन । समस्या छ तर प्रमाण भए गल्ती गर्नेमाथि कानुनी कारवाही हुने उनले बताएका छन् ।

वीरमा आएका बिरामीलाई कुनैपनि नीजि अस्पताल र मेडिकल कलेजमा पठाउन अस्तपालबाट निर्णय नभएको उनले बताए । ‘वीरमा आएका बिरामीलाई सरकारी अस्पतालमा पठाउन सकिन्छ । नीजि अस्पताल र मेडिकल कजेलमा पठाउने प्रशासनको निर्णय छैन ।’ उनले भने ।

बिरामीले आफुले चाहेको अस्पताल पनि जान पाउँछन् । यसमा वीरबाट रोकथाक नहुने उनले बताए । दिनेश, रमाशंकर सिंह र भोलासँग सम्र्पक गर्दा सबैले उनकै नाम लिएका कारण हामीले एचओडिको सम्र्पकमा पुगेका थियौं ।

यस विषयमा मूलपत्रले अपराध प्रहरी महाशाखासँग समेत परामर्श लिएको थियो । प्रहरीले पीडितको उजुरीको आधारमा कानुनी कारवाही हुने बताएका छन् ।