प्रधानमन्त्री भन्छन्– ‘डिप बोरिङ गाड’, उर्जा मन्त्री भन्छन्– ‘पम्प नचलाऊ’

प्रधानमन्त्री भन्छन्– ‘डिप बोरिङ गाड’, उर्जा मन्त्री भन्छन्– ‘पम्प नचलाऊ’
  • १२ श्रावण २०८२, आईतवार १३:३२

काठमाडौं – सुख्खा ग्रस्त क्षेत्रमा सिचाई र विद्युत सन्चालन सम्बन्धि विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा मन्त्री दीपक खड्का बीच कुरा बाझिएको छ ।

mulpatra

प्रधानमन्त्रीले सुख्खा ग्रस्त क्षेत्र अवलोकन गरेर आएपछि तत्काल बोरिङ गाड्न आदेश दिए पनि यता उर्जा मन्त्री दीपक खड्काले पानी तान्ने पम्प नचलाउन आग्रह गरेपछि प्रधानमन्त्री र मन्त्रीको कुरा बाझिएको हो ।


सरकारको आश्वासन र नमिल्दो निर्देशनले किसानहरु द्विविधामा परेका छन । यसले सुख्खाको मारमा परेको किसानहरुमा राहात भन्दा आहात थपेको छ ।

तराईमा मध्य बर्खामा समेत पानी नपरेपछि अधिकांश खेत बाँझै रहेको छ । आकाशको पानीको भरमा खेति हुने सबै जग्गा बाँझै छन भने बोरिङको पानीबाट सिचाईहुने ठाउँहरुमा समेत पानी सुक्न थालेका छन् ।

केही चलिरहेको बोरिङहरुमा पनि नियमित विद्युत नहुँदा किसानहरु मारमा परिरहेका छन् । जहाँ बोरिङको माध्यमबाट सिँचाइ हुने सम्भावना थियो, त्यहाँ पनि विद्युत आपूर्तिको अभावले पानी तान्न नसकिएको किसानहरूको गुनासो छ।

तराईको सूख्खा देखेरै नेपाल सरकारले मधेश प्रदेशलाई विपद् संकट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गत साउन ७ गतेको थियो । सुख्खा ग्रस्त क्षेत्र अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली तराई गएर आए पछि तत्काल ५ सय बोरिङ गाड्ने व्यवस्था गर्न निर्देशन समेत दिएका थिए ।

राज्यले बोरिङ गाड्ने तयारी गरिरहेका बेला चितवनको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिकै सार्वजनिक गरेको थियो । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ ।

यता धान रोप्न मोटर चलाउनु परिरहेको र गर्मीले आहात भएको बेला लोडसेडिङ सुरु भएकोले स्थानीयले विरोध गरिरहेका छन् । यही बेला बेला उर्जा मन्त्रीले पानी तान्ने पम्प नचलाइदिन आग्रह गरेपछि किसान झन आक्रोसित बनेका छन् । ‘एकातिर सरकार बोरिङ गाड्छु भन्छ, अर्कातिर मोटर नचलाऊ भन्छ, हामी के गरौँ ?’ चितवनका किसानहरुको साझा गुनासो छ ।

खड्काले चितवनमा लोडसेडिङको तालिका ल्याइएको भन्ने चर्चालाई खण्डन गरेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले लाइन मिलाउनुपर्ने भएकाले बेलुकीको समयमा पानी तान्ने पम्प नचलाइदिन भनिएको दाबी गरे ।

उनले प्रकाशित सूचनामा गलत भएको स्वीकारेका पनि छन् । चितवनमा हिजो दैनिक ३–३ घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी भएको थियो । मन्त्री खड्काले ‘लोडसेडिङ होइन, लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ । लाइन मिलाउनुपर्ने भएकाल दुई दिनका लागि बेलुका काम गर्ने समयमा पानी तान्ने पम्प नचलाइदिन भनेको हो ।’

धान रोप्न पानीको अत्यावश्यकता भएको बेलामा लोडसेडिङ र मन्त्रीको यस्तो भनाइले किसानको मनोबल कमजोर बनाएको स्थानीय किसानहरूको गुनासो छ। उनीहरूले भनेका छन्, खेत सुक्दै छन्, मोटर चलाउन विद्युत छैन, अब खेती कसरी गर्ने ?’

सरकारका दुई निकायको विरोधाभाषी सन्देशले जोगिनुपर्ने बेलामा किसान झन् संकटमा फसेका छन्। तत्काल समन्वय गरेर स्पष्ट नीति नबनाए किसानहरू यो वर्ष पनि खाली हात पर्ने खतरा बढेको देखिएको छ।

मधेस सुख्खा भइरहेका बेला प्रधानमन्त्री पानीभन्दा पनि आफनो प्रस्ततु देखाउन त्यहाँ पुगेको किसानकै आरोप छ । त्यति मात्र होइन । प्रधानमन्त्री मधेशमा खडेरीका कारण रोकिएको रोपाईँलाई वैकल्पिक उपाय दिने त्यहाँका किसानका आसा थियो ।

तर उनले मधेसमा मधेसवादी दलकै नेताहरु र केही मन्त्री लिएर किसानलाई आफु आएको भनेर सन्देश मात्र छाडेको किसानकै गुनासो छ । प्रधानमन्त्रीले केही सुख्खा स्थानमा पानीको बोरिङ गाड्ने किसानलाई आस थियो । तर त्यस्तो देखिए ।