अख्तियार प्रमुख आयुक्त राईविरुद्ध युवराज सफलले दिए अख्तियारमै उजुरी

काठमाडौं । सामाजिक अभियान्त युवराज पौडेल (सफल) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दिएका छन् ।
उजुरीमा वाइडबढी जहाज घोटालामा मुछिएको भन्दै राई विरुद्ध कारवाहीका लागि आग्रह गरिएको छ । विशेष अदालतले मिति २०८१ मङ्सिर २० गतेका दिन मुद्दा नं. ०८० सीआर ०१४५ माथि सुनुवाई गरि सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेम कुमार राईमाथि मुद्दा नचलाएकोमा आपत्ति प्रकट गरेकोले राई माथि छानविन हुनुपर्ने जनाएका छन् ।
उजुरीमा पौडेलले वाइडबढी लगायत नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थीलगायत प्रकरणमा समेत मुछिएकाले राईमाथि आवश्यक छानबिन र कारबाही गर्न माग गरेका छन् ।

