Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

चिया उद्योग बन्द हुँदा समेत सरकार गम्भीर नभएको राईको आरोप

चिया उद्योग बन्द हुँदा समेत सरकार गम्भीर नभएको राईको आरोप
  • २ असार २०८३, मंगलवार १२:५७

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

mulpatra

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले इलामलगायत पूर्वी पहाडी जिल्लामा उत्पादन हुने नेपाली चियाको गुणस्तर उत्कृष्ट भए पनि भारततर्फ निर्यातका क्रममा अनावश्यक अवरोध सिर्जना गरिएको बताए ।

उनले भने, ‘नेपाली चिया भारतको पानीट्याङ्की पुगेपछि पुनः परीक्षणका लागि पठाइन्छ, जसका कारण व्यवसायीले करिब १५ दिनसम्म कन्टेनर रोक्नुपर्ने बाध्यता झेलिरहेका छन्। धेरै परीक्षण प्रतिवेदन नकारात्मक आउने गरेका छन्, जसले नेपाली चियाको बजारमा समस्या सिर्जना गर्न सुनियोजित प्रयास भएको जस्तो देखिन्छ।’

mulpatra mulpatra mulpatra

समस्या समाधानका लागि नेपाल र भारतबीच जीटुजी तहमा संवाद आवश्यक रहेको बताए। उनले नेपालमै चियाको परीक्षण केन्द्र स्थापना गर्नुपर्ने माग पनि दोहो¥याए।

चिया किसान र व्यवसायीहरू आन्दोलनको तयारीमा रहेको सन्दर्भमा उनले आफूले परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको बताए।

आफू चिया किसान परिवारबाट आएको र चिया खेतीका समस्या प्रत्यक्ष रूपमा बुझेको बताए। चिया किसान र व्यवसायीको समस्या समाधानका विषयमा सरकार पक्ष र प्रतिपक्ष एकजुट हुनुपर्ने बताए।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com