१८ अभिमुखिकरण संस्थासँग विभागले माग्यो स्पष्टीकरण

१८ अभिमुखिकरण संस्थासँग विभागले माग्यो स्पष्टीकरण
  • १५ श्रावण २०८२, बुधबार १२:४९

काठमाडौं– वैदेशिक रोजगार विभागले १८ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थासँग स्पष्टीकरण मागेको छ । विभागले अनुगमन गर्दा ती संस्थामा केही समस्या देखिएका कारण विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए ।

mulpatra

उनका अनुसार हाल १४३ वटा संस्थाहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्वप्रस्थान तालिम प्रदान गर्नका लागि इजाजत लिएका छन् । तीमध्ये हाल १२५ संस्था सक्रिय छन् भने १८ वटा संस्थाको अनलाईन आइटी बन्द गरिएको उनले बताए ।

काठमाडौं बाहिरका संस्थाहरूको हकमा अनलाइनमार्फत अनुगमन गरेको थियो भने काठमाडौंमा कार्यालयमा नै गएर अनुगमन विभागले गरेको थियो ।

अनलाइनमार्फत समेत अनुगमन सक्ने व्यवस्था मिलाइएको थियो । सोही अनुसार विभागले कतिपय संस्थाहरूको अनलाइनमार्फत समेत अनुगमन गरेको विभागले जनाएको छ ।