ऐन प्रमाणिकरण भएसँगै सय संख्याको समस्या समाधान, ४ सय ३८ म्यानपावरको नवीकरण के हुन्छ ?
काठमाडौं– संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । केही समय रोकिएको उक्त ऐन आज पौडेलले गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार उक्त विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले आज प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलद्वारा बैदेशिक रोजगार अन्तर्गत १०० संख्या विधेयक प्रमाणीकरण गरेका छन ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ अन्तर्गत बाधा अड्काउ फुकाउ वा अन्य उपयुक्त प्रशासनिक उपाय अवलम्बन गरी तत्काल व्यवसायीहरूलाई राहत दिन व्यवसायीको माग छ ।
![]() |
![]() |
![]() |
|---|
इजाजत नवीकरणका लागि बाध्यकारी संख्या सयको प्रावधान संघीय संसद्बाट संशोधन भई पारित भइसकेको र राष्ट्रपति कार्यालयमा प्रमाणीकरणको प्रक्रियामा छ । दुई महिनादेखि यो प्रक्रिया रोकिएको छ । यसका लागि तत्काल पहल गर्ने व्यवसायीले संघसँग माग गर्दै आएका छन् ।
वैदेशिक रोजगार ऐनको व्यवस्था पूर्णरूपमा कार्यान्वयन नहुन्जेलसम्म करिब ४ सय ३८ वटा वैदेशिक रोजगार व्यवसायी संस्थाहरू इजाजतपत्र नवीकरण प्रक्रियाको अन्योलमा परेको छन् ।




