Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

श्रम मन्त्रीमा शुक्ला आउँदै, एक वर्षपछि आफुनै फर्किने भण्डारीको दाबी

श्रम मन्त्रीमा शुक्ला आउँदै, एक वर्षपछि आफुनै फर्किने भण्डारीको दाबी
  • १८ श्रावण २०८२, शनिबार १०:४०

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्र नाथ शुक्ला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा आउने भएका छन् । समाजवादी पार्टीका सहअध्यक्ष समेत रहेको उनलाई पार्टीले अर्को साता श्रम मन्त्रीको जिम्मेवारीमा पठाउने निर्णय गरेको छ ।

mulpatra

सरकारको नेतृत्व गरेको नेकपा (एमाले) ले मन्त्री हेरफेर गर्न थालेपछि सरकारमा रहेका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पनि मन्त्री फेर्ने भएको हो ।

हाल लोसपा नेपालका वरिष्ठ नेता शरदसिंह भण्डारी श्रम मन्त्री हुन् । उनी पनि एक वर्षका लागि मन्त्री बनेका थिए । उनीपछि पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल मन्त्री बन्ने सहमति भएको थियो । लोसपा नेपालले मन्त्री पठाउने बेलामा नै एकका वर्षका लागि पठाइएको थियो । त्यो एक वर्ष पुरा भएको छ । अब लोसपाले पनि मन्त्री फेर्ने भएको हो ।

mulpatra mulpatra mulpatra

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद्सिंह भण्डारीले पनि श्रम मन्त्रालयको जिम्मेवारी हेरफेर हुन लागेको स्वीकारेका छन् । सरकार साझेदारी हुँदा भएको पार्टीको सहमतिअनुसार आफु एक वर्षपछि श्रम मन्त्रालयको जिम्मेवारीमा पुन फर्किन गरी श्रम मन्त्रालयबाट विदा हुन लागेको उनको दाबी छ ।

श्रम मन्त्रालयको जिम्मेवारीमा दोस्रोपटक आउँदा आफुले निकै ठुलो उपलब्धी हुने काम गरेको मन्त्री भण्डारीले बताए । ‘श्रमिकका पक्षमा काम भएका छन् । ऐन संशोधनदेखि वैदेशिक रोजगारी सुधारका लागि ठुलै पहल भएको छ । मैले एक वर्षको अवधिमा निकै महत्वपुर्ण काम गरे ।’ उनले भने ।

लोसपाले मन्त्री पटाउँदा सुरुमा सर्वेन्द्रनाथ शुक्ला जाने चर्चा थियो । तर शपथग्रहण गर्ने बेला भण्डारीको नाम पार्टीबाट गएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै शुक्लाले पार्टीबाट नै विद्रोह गर्ने मनस्थितिमा पुगेका थिए । उनले सो निर्णयप्रति आपत्ति पनि जनाएका थिए । त्यही बेला एक वर्षपछि भण्डारीलाई फिर्ता बेलाएर शुक्लालाई पठाउने सहमति भएको थियो । त्यो सहमति अनुसार एक वर्ष पुरा भएको हो ।

Image Source: © https://mulpatra.com

श्रम मन्त्रीका लागि टुङगो लागेको शुक्लाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी ओलीको खल्तीमा आफनो नाम रहेको स्यंम प्रधानमन्त्रीको गोजीमा रहेको बताउनु भएको छ ।