अष्ट्रेलियामा सेण्ट्रल कोष्ट नेपलीज कम्युनिटिले तीज २०२५ भव्य रूपमा मनाउदैँ, राजनराज शिवाकोटीकाे विषेश प्रस्तुति

अष्ट्रेलियामा सेण्ट्रल कोष्ट नेपलीज कम्युनिटिले तीज २०२५ भव्य रूपमा मनाउदैँ, राजनराज शिवाकोटीकाे विषेश प्रस्तुति
  • १९ श्रावण २०८२, आईतवार १७:१३

काठमाडौं–अष्ट्रेलिया:नेपालीहरुको महान चाड हरितालिका तीज को अवसरमा सेण्ट्रल कोष्ट नेपलीज कम्युनिटिले भव्यताका साथ मनाउने भएको छ । आगामी शनिबार, अगस्ट १६ तारिख भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको कम्युनिटिले जनाएको छ ।

mulpatra

कम्युनिटिकाे कार्यक्रममा विशेष आकर्षणको रूपमा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा गीतकार राजनराज शिवाकोटीको प्रत्यक्ष प्रस्तुति रहनेछ । उनले आफ्ना सुपरहिट गीतहरू “सुर्के थैली”, “कुटुमा कुटु”, “गोजीमा दाम छैन” लगायत प्रस्तुति दिनेछन् ।

कार्यक्रममा नेपाली सांस्कृतिक नाचगान, परम्परागत तीज गीत, र स्वादिलो दर भोज समेत समावेश गरिएको छ । आयोजक संस्थाले अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागिता जनाई तीजको उल्लास सँगै मनाउन हार्दिक निमन्त्रणा गरेको छ । कार्यक्रम टग्गरा कम्युनिटी हलमा साँझ ५ः३० बजे देखि १०ः३० बजेसम्म सञ्चालन हुनेछ ।

mulpatra mulpatra mulpatra

कार्यक्रमको आयोजना सेण्ट्रल कोष्ट नेपलीज कम्युनिटिले गरेकाे छ । साथै मुख्य प्रायोजक गोर्खाज् अटो एण्ड रिपेयर रहेका छ भने सह– प्रायोजकहरूमा फ्याट चिकेन, बज्जिवोइ ,चारकोल चिकेन, इजी फाइनान्स एण्ड मोर्गेज, प्राकन, क्रोइ पार्टनर्स, ब्रञ्च एण्ड ब्र्यु, चौतारा मार्ट, र टिम्बरफ्लोर अष्ट्रेलिया रहेका छन् ।

तीज २०२५ लाई सांस्कृतिक एकता, मनोरञ्जन र नेपालीपनको पर्वका रूपमा उत्सवपूर्वक मनाउने उद्देश्यले सेण्ट्रल कोष्ट क्षेत्रमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सक्रिय रूपमा सहभागी भइ कार्यक्रमलाई भव्य बनाइने सेण्ट्रल कोष्ट नेपालीज कम्युनिटिका नव–निर्वाचित अध्यक्ष सन्तोष तिमल्सिनाले जानकारी दिए ।

कार्यक्रम अगस्ट १४ सम्म मात्र बुक गर्न सकिने हुँदा आयोजकलेब समयमै आफ्नो सिट सुरक्षित गर्न सबैलाई आह्वान गरिएको छ ।

Image Source: © https://mulpatra.com

कार्यक्रममा सांगीतिक प्रस्तुति, सांस्कृतिक नृत्य, परम्परागत खाना तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश हुने आयोजक समितिले जानकारी दिएको छ ।

यस तीज पर्वलाई नेपाली संस्कृति, एकता र उत्सवको रूपमा मनाउन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि आयोजक टोलीले हार्दिक निमन्त्रणा गरेको छ ।

तीजका लागि अष्ट्रेलियान डलरमा टिकट दर

१२ वर्षमाथिका बालबालिका: २०

वयस्क: ५०

अभिभावक: ३५

कार्यक्रम अगस्ट १४ सम्म मात्र बुक गर्न सकिने हुँदा आयोजकले समयमै आफ्नो सिट सुरक्षित गर्न सबैलाई आह्वान गरिएको छ ।