एमसीसीमा अर्थमन्त्री वाग्लेले आगामी वर्ष २९ अर्ब खर्चिने लक्ष्य
काठमाडौं–सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाले आगामी आर्थिक वर्षका लागि निकै ठूलो वित्तीय प्रोत्साहन पाएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले यस परियोजनामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुल २९ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यो बजेट अघिल्ला सरकारकार अर्थमन्त्रीले छुट्याएको भन्दा निकै विशाल हो । जसले परियोजना कार्यान्वयनको गतिलाई तीव्र बनाउने अर्थमन्त्री वाग्ले लागेको देखिन्छ
अघिल्लो आर्थिक वर्षको बजेट ल्याएका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा एमसीसीका लागि मात्र २ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ खर्च भएको थियो ।
![]() |
![]() |
![]() |
|---|
यो वर्ष अर्थमन्त्री वाग्लेले ल्याएको बजेटमा एमसीसी परियोजनामा चालु आर्थिक वर्षको संशोधित खर्च अनुमान ७ अर्ब ४९ करोड १३ लाख रुपैयाँ रहेको थियो ।
यस पटकको विशाल विनियोजनमध्ये नेपाल सरकारको आन्तरिक स्रोतबाट ५ अर्ब ५५ करोड ७६ लाख रुपैयाँ र वैदेशिक अनुदान सहायताबाट २३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ बेहोरिने छ । खर्चको वर्गीकरणअनुसार प्रशासनिक तथा चालु प्रकृतिका काममा १ अर्ब ३४ करोड ६४ लाख र मुख्य पूर्वाधार निर्माण अर्थात् पुँजीगत खर्चतर्फ भुक्तानी गर्न २७ अर्ब ९९ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ ।
यो बजेटले एमसीसीअन्तर्गतका मुख्य दुई राष्ट्रिय गौरवका आयोजनाहरू—विद्युत प्रसारण आयोजना र सडक मर्मत आयोजनालाई गति दिने विश्वास गरिएको छ ।
Image Source: © https://mulpatra.com
विगतमा जग्गा अधिग्रहण, वन क्षेत्रको रुख कटान तथा ठेक्का प्रक्रियामा देखिएका प्राविधिक झमेलाका कारण यो परियोजना केही सुस्त देखिएको थियो । तर, हालैका दिनहरूमा कुल ३१५ किलोमिटर लामो उच्च क्षमताको ४०० केभी डबल–सर्किट प्रसारण लाइन निर्माणका सम्पूर्ण ठेक्का सम्झौताहरू सम्पन्न भइसकेकाले आगामी वर्ष भौतिक निर्माणको काम निकै आक्रामक रूपमा अगाडि बढ्ने निश्चित छ ।
यस बजेटले देशको आन्तरिक विद्युत वितरण प्रणालीलाई बलियो बनाउनुका साथै छिमेकी मुलुक भारतसँगको अन्तरदेशीय विद्युत व्यापारका लागि ढोका खोल्नेछ ।
अमेरिकी सरकारको अनुदान र नेपाल सरकारको संयुक्त लगानीमा सञ्चालित यो परियोजनाले देशको आर्थिक विकास र औद्योगिक क्षेत्रमा दूरगामी सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



