विपक्षीले नाराबाजी नछाडेपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित
काठमाडौं– प्रतिनिधि सभा बैठक सहज ढंगले सञ्चालनको लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतकले विपक्षी दलहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा अहिले रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीसँग विपक्षी दलका प्रमुख सचेतकहरुको अहिले छलफल जारी रहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।
‘छलफलमा हामी (सबै विपक्षी दल)ले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउनुपर्छ भन्ने माग गरेका छौँ,’ दुलालले नेपालखबरसँग भने, ‘सत्तारुढ दल रास्वपाले समस्याको समाधानमा चासो देखाओस्। प्रधानमन्त्रीको विवादास्पद भनाई रेकर्डबाट हटाइयोस्। प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा आएर आफूबाट ‘मिस्टेक’ भयो भनेर गल्ती स्वीकार्नुपर्यो। त्यो वातावरण बनाउन सभामुखले रुलिङ गर्नुपर्यो भन्ने माग हामी सबै विपक्षी दलका सचेतकहरुले राखेका कविन्द्र बुर्लाकोटी जीसँग राखेका छौँ। अहिले पनि छलफल जारी छ।’
![]() |
![]() |
![]() |
|---|
प्रधानमन्त्री भनाई संसद्को रेकर्डबाट हटाउँदा र प्रधानमन्त्री शाहले गल्ती स्वीकारे समस्याको समाधान हुने नत्र बैठक चल्न नदिने अडानमा आफूहरु दृढ रहेको उनले बताए।
‘संसद्को रेकर्डबाट प्रधानमन्त्रीको भनाई अटाएर उहाँले त्यस विषयमा स्पष्ट पारेर गल्ती स्वीकार्नु भयो भने मात्रै बैठक सहज ढंगले अघि बढ्छ नत्र बढ्दैन,’ दुलालले भने, ‘त्यति भयो भने बजेटमाथिको छलफल हुन्छ। अनि बजेट पास गरेर अघि बढौँ भन्ने कुरा हामीले राखेका छौँ।’
संसद् सचिवालयले आजको लागि प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि आह्वान गरेको थियो। तर, अझै बैठक सुरु भएको छेन। कतिबजे बैठक सुरु हुन्छ, ठेगान नभएको दुलालले बताए।
Image Source: © https://mulpatra.com
‘हाम्रा माग पूरा नभएसम्म बैठक सहज ढंगले चल्दैन। उहाँहरुले पेलेरै चलाउनु भयो भने त्यो उहाँहरुकै समस्या भयो,’ उनले भने।
गएको आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनेर दिएको अभिव्यक्तिको सबै विपक्षी दलले तीव्र विरोध गरेका छन्।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



