Close

Recent Posts

दुर्गा र धवलबीच नयाँ पार्टी खोल्ने सहमति, इरानी मोडलको नेतृत्व गर्ने तयारी

दुर्गा र धवलबीच नयाँ पार्टी खोल्ने सहमति, इरानी मोडलको नेतृत्व गर्ने तयारी
  • १९ जेष्ठ २०८३, मंगलवार १६:०१

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग हुने घोषणा गरेका डा. धवल शम्शेर राणा र दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी निर्माण खोल्ने सहमति गरेका छन् ।

mulpatra

आज प्रसाई र राणाबीच नयाँ पार्टी खोल्ने सहमति भएको र पार्टीमा अध्यक्ष राणा र अध्यक्षकै जति पदमा वरिष्ठ नेता प्रसाई रहने छन् ।

नयाँ पार्टीको नेतृत्व धवल शम्शेरले गर्ने छन् भने दुर्गा प्रसाईंलाई वरिष्ठ नेता बनाउने सहमति भएको छ । रास्वपामा रवि र बालेनजस्तो यो पार्टीको नेतृत्व धवल शम्शेरले गर्नुहुनेछ भने वरिष्ठ नेतामा दुर्गा प्रसाईंलाई प्रस्ताव गरिएको छ । तर वरिष्ठ नेता अध्यक्ष भन्दा माथि बसेर काम गर्ने समेत भनिएको छ ।

mulpatra mulpatra mulpatra

एकताको आधारहरु
१– नेपालको भुगोल,भुगोलको गर्भमा रहेको किराँत ,बौद्ब सहितको सनातन हिन्दु अधिराज्य ।
र देशको मियोको रुपमा रहेको श्री ५ वडामहाराज धिराजपृथ्वीनारायण शाहको बंश जो नेपाली जनताको युगौ देखिको आस्था र विश्वासका रुपमा परिचित संवैधानिक राजसस्थाको पुर्नर स्थापनार्थ गठित राजनीतिक दल हुने छ ।
२– राष्ट्रिय स्वाभिमान सहितको सुधारमुखि संघियता ।
३– एक पटकको नेपाली सधैको नेपाली रहनु पर्ने ।
४– लघुवित्त सहकारी र बैक र मिटरव्याजि बाट कालो सुचिमा पारिएका भुमिविहिन सुकुमबासी नेपाली नागरिकको दिगो समस्या समाधानमा केन्द्रित ।
५– असम्लग्न परराष्ट्रिय नीति ।
६–सुशाषन र भ्रष्टचार मुक्त समाज ।
७– स्वदेशमै रोजगार को व्यवस्था ।
८– नेपाली नागरिकको गर्भबाट जन्मिएको नागरिक केन्द्रित राष्ट्रबादि दर्शन ।

नयाँ पार्टीको खाकामा प्रमुख नेताहरुले काम गरिरहेका छन् । राजसंस्था पुनस्र्थापना र राष्ट्रियता सम्वद्र्धनलाई प्रमुख एजेन्डाका रुपमा अघि बढाइने छ । अहिले डा. राणा राप्रपाबाट बढीभन्दा बढी नेताहरुलाई आफूतिर तान्ने कसरतमा रहेका छन् ।

केही केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाका लागि हस्ताक्षरसमेत गरिसकेको बुझिएको छ । हस्ताक्षर अभियान देशभरि नै गर्ने गरी राजीनामापत्रको मस्यौदा तलसम्म पठाइदै छ ।

Image Source: © https://mulpatra.com

आउँदो २१ जेठमा धवलको समूहले पार्टीबाट सामूहिक राजीनामाको घोषणा गर्ने तयारी छ । त्यसपछि नयाँ पार्टी गठनको गृहकार्य सघन हुने बताइएको छ । १८ जेठमै सामूहिक राजीनामा दिने तयारी गरिएको भए पनि तीन दिन पछाडि सारिएको हो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com