श्रममन्त्रीको व्यवसायीलाई आश्वासनः फ्रि भिसा–फ्रि टिकटको लागत खर्च तोकिन्छ र युरोप रोजगारी संस्थागत खुल्छव्यवसायीले पनि ठग्दिन भनेर प्रतिबद्धता गर्नुपर्छ
काठमाडौं– युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने उद्देश्यसहित फ्रि भिसा–फ्रि टिकट व्यवस्थाको व्यवहारिक कार्यान्वयन तथा वास्तविक लागत खर्च निर्धारण गर्ने तयारी भइरहेको बताएका छन् ।

उनले सरकारले वैदेशिक रोजगार ऐन र नीतिगत सुधार गरी यस क्षेत्रको समस्या समाधान गर्ने समेत स्वतन्त्र वैदेशिक रोजगार व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा जानकारी दिए ।
यो भिडियो
![]() |
![]() |
![]() |
|---|
आज श्रम मन्त्रालयमा राश्वपा केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागको कार्यक्रममा बोल्दै श्रम मन्त्री यादवले साथै युरोपेली मुलुकहरूमा नेपाली श्रमिकको पहुँच विस्तार गर्न श्रम सम्झौता र संस्थागत रोजगारी प्रणाली विकासमा सरकार सक्रिय रहेको बताए ।
मन्त्री यादवले युरोपका विभिन्न मुलुकसँग श्रम सम्झौता विस्तार गरी नेपाली श्रमिकलाई सुरक्षित, मर्यादित र नियमित रोजगारीका अवसर उपलब्ध गराउने लक्ष्य लिइएको बताए । हाल सरकार युरोपका १६ वटा देशसँग श्रम सम्झौताका लागि पहल गरिरहेको छ । चाँडै युरोपको रोजगारी पनि संस्थागत रुपमै खुल्छ भन्ने श्रम मन्त्रीले जानकारी गराए ।
वैदेशिक रोजगारीमा हुने आर्थिक ठगी, अनावश्यक लागत तथा बिचौलियाको प्रभाव नियन्त्रण गर्न लागत खर्चलाई पारदर्शी बनाउने विषयमा समेत मन्त्रालयले अध्ययन र छलफल अघि बढाएको जनाएको छ। विगतमा फ्रि भिसा–फ्रि टिकट नीतिको कार्यान्वयन र लागत निर्धारणबारे विभिन्न बहस भइरहेको उनको भनाइ छ ।
Image Source: © https://mulpatra.com
स्वतन्त्र व्यवसायी संघले विभागका सभामुख र श्रम मन्त्रीलाई धन्यवाद समेत दिए ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



