Close

Recent Posts

बाग्मती प्रदेशका मुख्यमन्त्री लामाले राजिनामा दिने

बाग्मती प्रदेशका मुख्यमन्त्री लामाले राजिनामा दिने
  • १९ श्रावण २०८२, आईतवार १९:४९

काठमाडौं । बाग्मती प्रदेशमा कांग्रेस संसदीय दलको नेता इन्द्र बानिया चयन भएपछि आज मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने बताएका छन् । आज साँझ पत्रकार सम्मेलन गरेर उनले राजीनामा घोषणा गरेका हुन् ।

mulpatra

भोली सोमबार प्रदेश अध्यक्षलाई भेटेर राजिनामा पत्र बुझाउने उनले बताएका छन् ।

२०८१ साउन ९ गते मुख्यमन्त्री बनेका लामा एकबर्ष नौ दिनमा राजीनामा दिन वाध्य भएका छन् । कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँलाई पराजित गरेर मुख्य मन्त्री बनेका लामा अविस्वास प्रस्ताव पछि उनै बानियाँसँग पराजित भएका थिए ।

साउन १४ मा भएको कांग्रेस संसदीय दलको नेता चयनमा इन्द्र बानियाँसँग पराजित भएपछि पनि उनी राजिनामा नदिने पक्षमा उभिएका थिए । तर पार्टी सभापति शेरबहादुर देउवासँगको भेछ पछि राजिनामा दिन वाध्य भएको बुझिएको छ । सभापति देउवाले तत्काल राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएको उनकै निकटस्तले मुलपत्रलाई बताएका छन् ।