कोरियन भाषा परिक्षाको आवेदन खुल्यो, ५ हजार ३ सय कोटा
काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो ।
जस अन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण गरिनेछ । यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् ।
![]() |
![]() |
![]() |
|---|
नेपालको श्रम रोजगार तथा सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच भएको समझदारी पत्र अनुसार ईपीएस प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिक श्रमिकको रुपमा जाँदै आएका छन् ।
परीक्षाको मिति भने पछि प्रकाशित गरिनेछ । परीक्षा एक दिनमा बढिमा ५ सिफ्टमा सञ्चालन हुनेछ । आवेदन संख्याका आधारमा र अन्य कुनै कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ ।
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन दर्ता २०८२ साउन २६ गतेदेखि ३१ गतेसम्म हुनेछ। भाषा परीक्षाका सबै केन्द्र काठमाडौँमै रहनेछन्। आवेदन फारम ईपीएस नेपालमा गई अनलाइन भर्नुपर्नेछ ।
Image Source: © https://mulpatra.com
आवेदन भर्दा राहदानीको फोटो अपलोड गर्नुपर्छ भने इमेल र फोन नम्बर पनि अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ। आवेदन फारम भर्दा गल्ती भएमा परीक्षामा सामेल हुन पाइनेछैन। आवेदन फारम दर्ता भइसकेपछि सच्याउन समेत पाइनेछैन ।
परीक्षा शुल्क अमेरिकी डलर २८ (३८६६ रुपैयाँ) लाग्नेछ। परीक्षा यूबीटी (युबिक्युटस बेस्ड टेस्ट ट्याब्लेट) मार्फत अनलाइन सञ्चालन हुनेछ । परीक्षाको नतिजा एचआरडी सर्भिस अफ कोरियाबाट प्राप्त भएपछि प्रकाशन गरिनेछ। परीक्षामा आफूले प्राप्त गरेको नतिजा अंक अनलाइनबाट प्राप्त गर्न सक्नेछन् ।
भाषा परीक्षाको वैद्यता सम्बन्धित नतिजा प्रकाशन भएको २ वर्षसम्म मात्रै रहनेछ। परीक्षामा पढाई सम्बन्धी २० वटा र सुनाई सम्बन्धि २० वटा गरी एक–एक सय पूर्णाङ्कको हुनेछ ।
२५÷२५ मिनेट गरी ५० मिनेटमा परीक्षा सकिनेछ । तर यी दुई परीक्षाको बिचमा विश्राम नभई लगातार सञ्चालन हुनेछ। परीक्षामा सामेल हुन जाँदा सक्कल राहदानी र प्रवेश पत्र लिएर जानुपर्नेछ ।



