Close

Recent Posts

३४ वर्षअघि मदन भण्डारीले चुनाव जिते, अब विद्याको सम्पर्क कार्यालय

३४ वर्षअघि मदन भण्डारीले चुनाव जिते, अब विद्याको सम्पर्क कार्यालय
  • २३ श्रावण २०८२, बिहीबार १५:५५

काठमाडौं–पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँस्थित एक निजी घर भाडामा लिएर सचिवालय सञ्चालनमा ल्याएकी छन् । उक्त घरमा २०४८ सालमा मदन भण्डारीले चुनावी प्रचार कार्यालय राखेका थिए ।

mulpatra

२०५० साल जेठ ३ गते मदन भण्डारीको निधन भएपछि उपनिर्वाचनमा विद्या भण्डारीले पनि सोही घरमै कार्यालय राखेर चुनाव प्रचार गरेकी थिइन् ।

भण्डारीले भाडामा लिएको उक्त घर एमालेकै नेता विदुर मैनालीको हो। मैनाली २०५४ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएका थिए । त्यसबेला मेयर एमालेकै केशव स्थापित थिए। मैनाली अहिले पूर्वराष्ट्रपति भण्डारीनिकट छन्। स्थापित भने निष्क्रिय छन् ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल मूल व्यवस्थापन समिति संयोजक छन् । भण्डारीले सक्रिय राजनीतिमा आउने भन्दै सदस्यता नवीकरण गराएकी थिइन् । तर केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति राजनीतिमा फर्कन नमिल्ने भन्दै उनको सदस्यता नवीकरण स्वतः निष्क्रिय पारेको थियो ।

त्यसपछि भण्डारीले एमालेको पूर्वउपाध्यक्षको हैसियतमा पत्रकार सम्मेलन र विज्ञप्ति निकाल्दै आफ्नो सदस्यता कसैले पनि खोस्न नसक्ने जिकिर गरेकी थिइन् ।