Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

भोलीदेखि सुरु रास्वपाको महाधिवेशन पूर्वसन्ध्यामा केन्द्रीय समिति बैठक, तयारी तीव्र

भोलीदेखि सुरु रास्वपाको महाधिवेशन पूर्वसन्ध्यामा केन्द्रीय समिति बैठक, तयारी तीव्र
  • ६ असार २०८३, शनिबार १२:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीले आज भरतपुरमा केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बैठकमा महाधिवेशनका सम्पूर्ण तयारी, प्रतिनिधि व्यवस्थापन, प्रतिवेदन, विधान संशोधन तथा संगठनात्मक विषयमा अन्तिम छलफल हुने जनाइएको छ।

mulpatra

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार दिउँसो १ बजे भरतपुरस्थित होटल एिमटीमा बस्ने बैठकले महाधिवेशनसँग सम्बन्धित महत्वपूर्ण एजेन्डाहरूमा निर्णय गर्नेछ। बैठकलाई वर्तमान केन्द्रीय समितिको अन्तिम बैठकका रूपमा समेत हेरिएको छ।

यसैबीच, रास्वपा सभापति रवि लामिछाने महाधिवेशनमा सहभागी हुन चितवन पुगिसकेका छन्। भरतपुर विमानस्थलमा अवतरण गरेका लामिछानेले महाधिवेशनको तयारी तथा बैठकहरूमा सक्रिय सहभागिता जनाउने कार्यक्रम रहेको छ। महाधिवेशनबाट उनी पुनः सभापतिमा निर्वाचित हुने लगभग निश्चित मानिएको छ।

mulpatra mulpatra mulpatra

महाधिवेशनलाई लक्षित गर्दै भरतपुर क्षेत्र यतिबेला रास्वपाको चुनाव चिन्ह घण्टी अंकित नीलो झण्डा तथा प्रचार सामग्रीले सजिएको छ। भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा मुख्य कार्यक्रमस्थल निर्माण तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

महाधिवेशनको उद्घाटन सत्र भोलि दिउँसो १ बजे गेस्टहाउस चौरमा हुनेछ। उद्घाटन समारोहमा सभापति रवि लामिछानेले राजनीतिक सम्बोधन गर्ने कार्यक्रम छ। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको छ।

महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि, एक हजारभन्दा बढी पर्यवेक्षक तथा स्वयंसेवक सहभागी हुने अपेक्षा गरिएको छ। प्रतिनिधिहरूको दर्ता, सुरक्षा, स्वास्थ्य सेवा तथा अन्य व्यवस्थापनका कामलाई तीव्रता दिइएको पार्टीले जनाएको छ।

Image Source: © https://mulpatra.com

रास्वपाले महाधिवेशनमा पाँचवटा मुख्य प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेको छ। सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सांगठनिक, लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोगका प्रतिवेदन सम्बन्धित पदाधिकारीहरूले पेश गर्नेछन्।

साथै, सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा तयार गरिएको विधान संशोधन मस्यौदामाथि पनि महाधिवेशनमा छलफल गरी पारित गर्ने तयारी गरिएको छ। दोस्रो दिनदेखि प्रतिवेदनमाथि छलफल, विधान संशोधन तथा निर्वाचन प्रक्रियासम्बन्धी कार्यक्रम सञ्चालन हुने कार्यतालिका तय गरिएको छ।

रास्वपाले आफ्नो स्थापना पछिको पहिलो राष्ट्रिय महाधिवेशनलाई संगठन सुदृढीकरण, वैचारिक दिशा निर्धारण र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समिति बैठकले सम्पूर्ण तयारीको समीक्षा गर्दै अन्तिम निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com