यू–२० महिला एसियन कप छनोटमा साउदीमाथि नेपालको जित
काठमाडौं– एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १–० गोल अन्तरले पराजित ग¥यो ।

नेपालको जितमा सुकृया मियाले निर्णायक गोल गरिन् । उनले खेलको ९०औं मिनेटमा गोल गरेकी हुन् । यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो ।
