Close

Recent Posts

९१ प्रतिशत धान रोपाइँ सम्पन्न

९१ प्रतिशत धान रोपाइँ सम्पन्न
  • २७ श्रावण २०८२, सोमबार १५:१२

काठमाडौं– देशभर अहिले सम्म ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

mulpatra

मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर खेतियोग्य क्षेत्रफलमध्ये साउन २५ गतेसम्म १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ भइसकेको छ।

हालसम्मको रोपाइँ गत वर्षको यही समयमा भएको रोपाइँभन्दा ७.१९ प्रतिशतले कम हो । गत वर्ष यसै अवधिसम्म ९८.१९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

प्रदेशगत रूपमा हेर्दा, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यसैगरी कर्णाली प्रदेशमा ९८.०४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत, बागमती प्रदेशमा ९३.५६ प्रतिशत र गण्डकी प्रदेशमा ९२.७७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

तर, मधेस प्रदेशमा भने सबैभन्दा कम ७६.५४ प्रतिशत मात्र रोपाइँ भएको छ। कोशी प्रदेशमा पनि ८०.३९ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ।

विशेषगरी मधेस क्षेत्रमा सुक्खा परेकाले समयमा रोपाइँ हुन नसकेको र त्यसको असर उत्पादनमा पर्न सक्ने अनुमान गरिएको छ। जलवायुको प्रतिकूल असर र वर्षाको असमान वितरणले यस वर्षको धान उत्पादनमा केही चुनौती थपिएको कृषि मन्त्रालयको भनाइ छ।