कतारमाथि क्यानाडाको गोल वर्षा, ६–० ले पराजित
काठमाडौं । सहआयोजक क्यानडाले कतारलाई ६–० गोल अन्तरले पराजित गर्दै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको छ । फिफा विश्वकप–२०२६ अन्तर्गत भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा कतारले ६ गोल खाएको हो ।

क्यानाडाको घरेलु टोलीका लागि जोनाथन डेभिडले ह्याट्रिक पूरा गर्दा साइल लारिन र नाथन सालिबाले एक–एक गोल गरे भने कतारका मोहम्मद अल–मन्नाईबाट एक आत्मघाती गोल भएको थियो ।
खेलको १६औँ मिनेटमा लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । त्यसपछि डेभिडले २९औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए भने पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अवस्थामा पुर्याए ।
![]() |
![]() |
![]() |
|---|
दोस्रो हाफमा नाथन सालिबाले ६४औँ मिनेटमा गोल गरेपछि क्यानडाको दबाब झन् बढ्यो । ७५औँ मिनेटमा कतारका मोहम्मद अल–मन्नाईले आत्मघाती गोल गरे भने इन्जुरी समयमा डेभिडले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे ।
खेलमा कतारका हमाम अहमद र असिम माडिबोले रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा सीमित भएको थियो । संख्यात्मक फाइदा उठाएको क्यानडाले लगातार आक्रमण गर्दै फराकिलो जित निकाल्यो । यस जितसँगै क्यानडा दुई खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ भने कतार एक अंकसहित पुछारमा रहेको छ ।



