प्याराडाईज इन्टरनेशनलका सञ्चालक केसीले मलेसिया रोजगारी सिण्डिकेटमा सलंग्न नभएको स्ष्ट पारे
काठमाडौं– वैदेशिक रोजगारीमा मलेसिया सिमित म्यानपावरले मात्र कामदार पठाउनेगरी सिण्डिकेट लाद्न चर्चा चलिरहेको छ । पछिल्लो समय मलेसिया रोजगारीमा सीमित म्यानपावर कप्पनीले मात्र कामदार पठाउने गरी सिन्डिकेट लगाउन चलखेल फेरी सुरु भएको छ । केही समय चर्चा बाहिर रहेको मलेसिया रोजगारीको सिण्डिकेट लगाउन फेरी चलखेल सुरु भएको छ ।

तर केही समययता सरकारी संयन्त्रकै सहयोगमा मलेसिया जाने कामदारमाथि सिमित म्यानपावरले मात्र सिण्डिकेट लगाउन सेटिङ गरिरहेको विषयमा मूलपत्र डटकमले एउटा रिपोटिङ गरेको छ । यही रिपोटिङका क्रममा मूलपत्रलाई प्राप्त सूचनाका आधारमा प्याराडाईज ईन्टरनेशलका सञ्चालक नवराज केसी समेत मलेसियाको सिण्डिकेटमा संलग्न रहेको भनि समाचार प्रकाशन भएको थियो ।
मलेसिया रोजगार सिण्डिकेटका लागि कैलाश खड्का, म्यानपावर व्यवसायीहरु हेम गुरुङ, रविन गुरुङ, वाइवी राई, नवराज केसी, व्यवसायी दीपक मलहोत्रा, दिपक भट्ट र भुषण राणा फेरी सक्रिय भएका छन् । राणा, भट्ट र मलहोत्रा म्यानपावर व्यवसायीभन्दा बाहिरका व्यवसायी हुन । उनीहरु यस व्यवसायीमा सिण्डिकेट र एकाधिकार लगाउन छिर्न लागेका हुन् ।
![]() |
![]() |
![]() |
|---|
मलेसियासँग श्रम सम्झौता नवीकरण गर्दा नै मलेसियाको रोजगारीमा सिण्डिकेट भित्र्याउने गरी उनीहरुले विदेशी नागरिक अमिनममार्फत लागि परेका छन् । यसमा आफनो संलग्नता नरहेको केसीले विज्ञप्तीमा भनेका छन् । भने उनले समाचारमा भनिएका व्यक्तिसँग आफनो कतै यस विषयमा छलफल नभएको समेत जानकारी दिएका छन् ।

गत मंसिरमै मलेसिया २५ वटा म्यानपावर कम्पनीले समूह बनाएर सिन्डिकेट लगाउन प्रधानमन्त्री कार्यालय, परराष्ट्र, श्रम र मुख्यसचिवसँग सहयोग मागेका थिए । तर प्रधामन्त्री केपी ओलीले यसलाई अस्वीकार गदै आएका थिए । तर पछिल्लो समयमा मलेसिया रोजगारी सिण्डिकेटका लागि स्यंम परराष्ट्र मन्त्री आरजु राणा नै लागेको पाइएको छ ।
मन्त्री राणाले समिति म्यानपावरमार्फत मलेसिया कामदार पठाउँदा फ्रि भिसा र फ्रि टिकट लागू गर्न सकिने भन्दै प्रधानमन्त्रीलाई बुझाउने सिण्डिकेटधारी व्यवसायीलाई आश्वासन दिएको पाइन्छ । अमिनले भने मलेसियाको रोजगारीमा सिण्डिकेट लगाउन मलेसियाकै राजाको सहयोग लिएको बताउँदै आएका छन् ।
Image Source: © https://mulpatra.com
प्याराडाईज ईन्टरनेशलका सञ्चालक केसीले आफु मलेसियाको सिण्डिकेटमा नभएको र कतै पनि यस विषयमा आफनो संलग्नता नरहेको संस्थाका नामबाट प्रेस विज्ञपती जारी गदै स्ष्टीकरण दिएका छन् । ललितपुरको बखुण्डोलस्थित प्याराडाइज इन्टरनेशनल प्रालि धेरै कामदार पठाउने टप म्यानपावर भित्र पर्छ ।



